युवालाई गाउँमै रोजगर दिन्छौँ–मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले युवालाई गाउँमै रोजगार दिने गरि काम सुरु गरेको बताउनुभयो । नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ छोड्दै विदेश पलायन हुने युवाको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले गाउँलाई विकासले जोड्नुका साथै रोजगार सिर्जना गर्न थालेको बताउनुभयो ।

गाउँबाट बजार झर्ने र बजारबाट विदेश पलायन हुनेको क्रम डरलाग्दो हुँदै गएको भन्दै यसलाई रोक्न प्रदेश सरकार लागि रहेको उहाँले बताउनुभयो । आफू मुख्यमन्त्री भएपछि जनताले महशुस हुने गरि काम गर्न थालेको भन्दै सरकारको काम देखेर प्रतिपक्ष अतालिन थालेको पाण्डेले बताउनुभयो । प्रदेश सरकारले भुइँ मान्छेका काम, गरिब, दुःखी र सर्वहाराको काम गर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “हामीहरु संघीयताको कार्यान्वयनकै चरणमा छौँ, भर्खरै ठिक बेठिक भनेर छुट्याउन समय भएको छैन, कार्यान्वयनका चरणमै जनताका समस्या बुझ्ने र जनताका आवश्यकता र मागका आधारमा विकास निर्माण भइरहेको छ, केही तत्वले संघीयताका बारेमा प्रश्न गरि रहेका छन्, अब कोही पनि युवा विदेश पलायन हुने गरि गाउँमै रोजगार सिर्जना गर्छौँ, गाउँका मान्छेलाई गाउँमै रोक्न काम गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताउनुभयो । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नु पर्ने बताउनुभयो । कांग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितीका विरुद्धमा बोल्ने मुख्यमन्त्री पाण्डे बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *