विपी स्मृति भवनलाई तीन करोड सहयोग जुट्यो


खेमराज गौतम, बागलुङ

बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ ।

बागलुङमा विपी स्मृति भवन निर्माणका लागि हाल सम्म झण्डै रु. तीन करोड सहयोग रकम संकलन भएको नेपाली कांग्रेस बागलुङले जनाएको छ । हाल भवन निर्माणको २५ प्रतिशत भौतीक प्रगती भइसकेको छ ।

सहयोग संकलन गरिएको रु. तीन करोड मध्ये रु. ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ ।

गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तिब्रता पाएको छ ।

अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा उक्त विपि स्मृति भवन निर्माण भइरहेको छ ।

उक्त भवनको अन्डरग्राउण्डको काम भइरहेको र समग्रमा भवन निर्माणको २५ प्रतिशत काम पुरा भएको छ । हाल सम्म भवन निर्माणमा झण्डै रु. एक करोड रकम खर्च भइसकेको छ ।

उक्त भवन निर्माणका लागि सरकारी निकायहरु पूर्वाधार विकास कार्यालयबाट रु. ५० लाख, बागलुङ नगरपालिकाबाट रु. २० लाख र जैमिनी नगरपालिकाबाट रु. ५ लाख बजेट विनियोजन भई फछ्यौट भइसकेको छ ।

यस्तै बागलुङ जिल्लाका विभिन्न व्यक्ति, सुभेच्छुक तथा जनप्रतिनिधिहरुबाट रु. एक करोड ५९ लाख र जापानबाट रु. ५० लाख गरी रु. दुई करोड १५ लाख रकम संकलन भएको भएको विपी स्मृती भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।
“सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ” आचार्यले भन्नुभयो “अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आश छ, सहयोग उठ्ने क्रम जारी रहेको छ ।”

नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग संकलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताउनुभयो ।

शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु. ६० लाख सहयोग संकलन गरेर फर्कनुभएको छ ।

“म सभापती भएर आएपछि विपी स्मृति भवन बनाउन लागि परे, सबैं साथीहरुले सहयोग गर्नुभएको छ, अहिले लाखौं खर्चेर पार्टीका गतिविधिहरु गर्न बाध्य छौं, सुविधा सम्पन्न हल, पार्कीङ र विद्युतीय भ¥याङ सहित भवन निर्माण थालिएको छ” शेरचनले भन्नुभयो “दुई वर्षमा पार्टी कार्यालय सञ्चालन गर्नेगरी निर्माणलाई तिब्रता दिइएको छ, सहयोगी हातहरु क्रमश थप भइरहेका छन् ।”

यो भवन निर्माण भएमा नेपाली कांग्रेसका बागलुङका लागि ऐतिहासिक कार्य हुनेछ ।

नेपाली कांग्रेसका कोषाध्यक्ष श्रीधर कंडेलका अनुसार रु. एक करोड रकम बागदान भइसकेको बताउदै उक्त रकम समेत छिट्टै उठेमा भवनको ५० प्रतिशत काम गर्न सहज हुने बताउनुभयो ।

रु. १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान रहेको छ । जसबाट जग्गा खरिदको ऋण भुक्तानी गर्ने र भवन बनाउने र कोष निर्माण गरिनेछ ।

कांग्रेसले विपी स्मृति भवन बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *