घरबासमा पुगेका विदेशी पाहुँना : स्थानीयसंगै कोदो टिप्छन्, साग केलाउछन्

खेमराज गौतम, बागलुङ
यसै साता विश्व भेग अर्गनाइजेशनमा आबद्ध ६ विदेशी पाहुँना पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार घरबासमा विश्व भेगन अर्गनाइजेशनमा आबद्ध विदेशी पर्यटकहरु पाँचौ पटक पुगेका हुन् ।

उनिहरु पाहुना भएर त्यहाँ पुग्छन् तर सहयोगी भएर फर्कने गरेका छन् । यतिबेला घरबासका सञ्चालकहरुलाई समेत बाली थन्काउने चटारो छ । तर भेगनमा आबद्ध पर्यटकहरु भने घरबास सञ्चालकहरुलाई काममा समेत सघाउने गरेका छन् ।

उनिहरुले आफुलाई काम गर्न र उक्त कामको विषयमा जान्न समेत मन पराउनेभएकाले घरबास सञ्चालकहरुसंगै कतिपयले कोदो टिप्छन त कतिले साँग केलाउने गरेको अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताउनुभयो ।

थापाका अनुसार भेगन मात्रै हैन हन्य विदेशी पर्यटकहरु समेत खेत बारीमा पुग्ने र काममा सघाउने गरेको बताउनुहुन्छ । कात्तिक महिनामा मात्रै कोरियाबाट समेत एक समूह घरबासमा पुगेर फर्की सकेको छ ।

घरबासमा बढीमात्रमा अमेरिका क्यानडा, कोरिया र चीन लगायतका देशहरुबाट बढी पर्यटकहरु आउने गरेका छन् । उनिहरुले घरबासमा अर्गानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीय स्थलहरुको भ्रमण गर्ने र घरबासका सञ्चालकहरुलाई काममा समेत सघाउने गरेका थापाको भनाई छ ।

“यतिबेला भकुण्डेमा कोदो भित्राउने चटारोमा पुगेका विदेशी पाहुँनाले कोदो समेत ठटाउने र केलाउने गरेको पाइन्छ, घरबास सञ्चालकहरु समेत दिउँसो कोदो काट्न पुग्छन् तर भेगनमा आबद्ध अमेरिकी पर्यटकहरु रमाइलोका लागि समेत काम गर्दा रहेछन्” थापाले भन्नुभयो “विदेशी पाहुँनाले हामी संगै कोदोको बाला टिप्ने, साँग टिपेर केलाउने गर्नुहुन्छ, हाम्लाई समेत रमाइलो लाग्छ, पर्यटकहरुले यसलाई आनन्दको रुपमा लिने रहेछन् ।”

नेपालको खेती पाती र कला संस्कृतिको विषयमा विदेशी पर्यटकहरुलाई चासो हुने भएकाले उनिहरुले परिक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिन समेत कोदो बारीमा पुगेको आफूले अनुभव गरेको घरबास सञ्चालिका इन्द्रा थापाले बताउनुभयो ।

पाँचौ समूह अन्र्तगत मेरिकका चार, क्यानडा र जर्मनकीका एक÷एक पर्यटकहरु तीन दिन अतिथि घरबासमा रमाएको भेगन अर्गनाइजेशनमा आबद्ध विदेशी पर्यटकहरुलाई भुकण्डे सम्म पु¥याउदै आउनुभएको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो ।

शर्माले विदशी पाहुँनाले त्यहाँका स्थानीयहरुले गर्दै आएको हरेक क्रियाकलापमा सहभागी हुँने गरेको बताउनुभयो । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आवद्ध विदेशी पर्यटकहरुले त्यहाँको हरेक काममा आफै अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाईलो मान्ने गरेको बताउनुभयो ।

“अहिलेको विदेशी पर्यटकको समुह संगै भकुण्डेमा मैले पाँचौ समूहलाई ल्याउन सफल भइसके, अहिलेको समूह अलि सानो थियो, ठूलोमा ३०÷४० जनाको विदेशी पर्यटकको समूहलाई समेत ल्याउदै आएको छु उनिहरु पदमार्ग हुँदै भकुण्डे पुग्छन्” शर्माले भन्नुभयो “विदेशी पर्यटकहरु हिमाल, दृश्यावलोकन, कला संस्कृति संगै आफै काम गरेर रमाउछन्, बारीमा फलेको साँग टिपेर पकाउछन् त कतिले कोदो टिप्न सघाउछन् भने कतिले करेसाबारी गोडमेल समेत गर्ने गरेका छन् ।”

भकुण्डेबाट बौडैचौर हुदै बौरसम्मको दुई दिने पदयात्राको रुट समेत आफ्नै पहलमा रेखाङ्कन गरिएको भन्दै शर्माले पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको औल्याउनुभएको छ । उहाँले विदेशी पर्यटकहरुले कंक्रिटले ढलान गरेको पदमार्ग नरुचाउने भन्दै पुरानो पदमार्गहरु ढुङ्गा छापेरै जिवन्त दिनुपर्ने बताउनुभयो ।

जिल्लाकै पहिलो घरबासको रुपमा रहेको अतिथि सत्कार घरबास त्यहाकाा मगर समुदायका १५ घरमा सञ्चालित छ । घरबास सञ्चालनमा आएसंगै भुकण्डे गाउँले मुहारै फेरेको छ । भुकण्डे गाउँको शिरमा रहेको मुलाबारी भ्यूटाव, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् ।

घरबासमा एक रातमा ८० जनाको क्षमता रहेको घरबास सञ्चालक प्रेम थापाले बताउनुभयो । घरबासमा तातो चिसोपानी शौचालयमा सुधार, सरसफाई तथा पर्यटकीय पूर्वाधार थपिएको छ भने पर्यटककको बसाई लम्बाउन पार्क समेत निर्माण गरिएको छ ।

घरबासमा हेलिकप्टरमार्फत समेत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारदेखि तीन घण्टाको पैदल र डेढ घण्टाको यातनयात साधनमा पुग्न सकिने भकुण्डे गाउँमा घरबाससँगै पर्यटकीय ताल, दृश्यावलोकनका लागि बनाइएको भ्यूटार लगायतका संरचनाले समेत आकर्षण थप्ने गरेको छ । घरबास २०७३ सालमा स्थापना भएको हो ।

स्थानीय उत्पादनको स्वादको मजा लिन, हिमशृङखलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्रकृतिसँग रमाउन आन्तरिक र बाह्य पर्यटक घरबाससम्म आउने अतिथि सत्कार घरबासका अध्यक्ष मुना थापा मगरले बताउनुभयो ।

घरबास सञ्चालकले गाउँमै उत्पादन गरेको आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुँनाको रोजाइ अनुसार खुवाउने गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *