देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाँच


खेमराज गौतम, बागलुङ

बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलो गाउँ गाउँमा गुन्जिरहेका छन् ।

बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् ।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसंगै देउसी भैलोको मौलिकता मासिएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गितले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराई सम्मको सस्कृति झल्काएको छ ।

देउसी भैलो कन्र्सट जस्ता भए भन्ने आम गुनासोलाई चिर्दै बागलुङ बजारको विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङले नेपालको जातजाती र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ ।

गरिब विद्यार्थीलाई कापि, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापान गर्ने पवित्र उद्देश्यकासाथ सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा नेपालका सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएको नाँचगान प्रस्तुत गरिएको छ ।

देउसी भैलोमा तामाङ सेलो, थारु नाँच, नेवारी नाँच र साँकेला नाँच देखि यानिमाया र सालैजो उनिहरुकै भेषभूषामा सजिएर नितृ देखाउदै आएको विद्यामन्दिर माध्यामिक विद्यालयका अध्यक्ष बाबुलाल शाक्यले बताउनुभयो ।

“देउसी भैलो खेल्नुको दुई वटा उदेश्य रहेको छ, परम्परागत देउसी भैलोमा देखाइने कला संस्कृतिको संरक्षण र गरिबका छोराछोरीका लागि शैक्षिक सामाग्री र खाजा खर्च जुटाउनु हो” शाक्यले भन्नुभयो “ पहाडको तामाङ संस्कृति, तराईको थारु र पहाडको आदिवासी जनजाती र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ, उनिहरुले गीतकै भेषभूषामा सजिएका छन्, नेवारी भेषभूषमा सजिएकाहरु नेवारी गितमा नै नाच्ने गरेका छन् ।”

सामाजिक विषयमा देखाइएका भेषभूषा र नृत्यलाई व्यवहारमा समेत उतारिएको बताउदै शाक्यले विद्यामन्दिर सामुदायिक विद्यालयमा अध्ययन गर्ने ९० प्रतिशत गरिबका छोराछोरी रहेकाले शैक्षिक सामाग्री र खाजा खर्चका लागि कोष निर्माण गर्न देउसी भैलो खेलिएको हो ।

देउसै भैलोमा प्रदर्शन गरिएका १५ वटा गीत र नृत्य नेपालको हिमाल, पहाड र तराई क्षेत्रको कला संस्कृति र सबै भाषाभाषीहरुलाई समेट्ने खालको पाइएको स्थानीय विष्णुराज शर्माले बताउनुभयो । शर्माका अनुसार पश्चिमा संस्कृतिको विकास संगै डिजे तथा कन्सर्टजस्ता देउसी भैलोलाई निरुत्साहित गरिएको देउसी भैलोमा देख्न पाइएको शर्माको भनाई छ ।

“म पनि सामुदायिक विद्यालयकै शिक्षक हो, तर विद्यामिन्दर विद्यालयले भेषभूषामा ठूलो लगानी गरेको रहेछ भन्ने कुरा देउसी भैलोमा देख्न पाइयो” शर्माले भन्नुभयो “आदिवासी जनजातीको भेषभूषादेखि थारु समुदायको भेषभूषामा सजिएर देखाएको नृत्य निकै रमाइलो लाग्यो ।”

वि.स. १९९७ सालमा स्थापना गरिएको धौलागिरीको जेठो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत गरीब, मजदुर तथा श्रमिक बालबालिकाहरुलाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र बिद्यामन्दिर विद्यालयलाई शैक्षिक हवको रुपमा विकास गर्न देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक छविरमण शर्माले जानकारी दिनुभयो ।

विद्यामन्दिर सामुदायिक विद्यालयमा हाल एक हजार ३०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *