निसीखोलामा करेन्ट लागेर एक जनाको मृत्यु


आदर्श अनलाइन, बागलुङ

आज बिहान बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ धुवाखोर निवासी ६२ वर्षका भाजबिर नेपाली रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

मृतक नेपाली निसीखोलाको काउले भन्नेस्थानबाट धुवाखोर तर्फ जानेक्रममा आज बिहान ७ः३० बजेको समयमा गोरेटोबाटेमा निसीखोला दोस्रो जलविद्युत आयोजनाको विद्युतीय तार भुइमा लत्रिएको अवस्थमा कुल्चिदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *