आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् ।
शेयर सदस्यले नै इमेज सहकारी ब्यूँताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आएका हुन् । उनले आफ्नो घरमा केही मानिसहरु हतियार सहित आएर ज्यान मार्ने धम्की दिएको र छ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताएका छन् ।
संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै उनले फेसबुक लाइभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताएका छन् ।
आफ्नो चल अचल सम्पती पुरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफुलाई असहयोग गरेको बताएका छन् । उनले नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गर्दै इमेजमा बचत कर्ताहरुले भनेजस्तो पुरै डिपोजिट नभएको समेत बताएका छन् । करोडौ डिपोजिट रहेको बताएका बचत कर्ताले कर्जा मार्फत अधिकाशं रकम फिर्ता लगिसकेकोसमेत बताएका छन् ।
कर्मचारीले मनोबोली ढंगले ऋण लगानी गरेको भन्दै उनले आफुले बचतकर्ताको रकम फिर्ता गर्न मागेको ६ महिना समयका लागि केही साथिहरु कुर्न नसकेको बताएका छन् ।
उनले आफ्नो घर जग्गा विक्रि गरेर बचत फिर्ता गर्ने बातावरण मिलाउन बचतकर्ता तथा शेयर सदस्य, नागरिक समाज, राजनीतिक दल र पत्रकारसँग आग्रह गरेका छन् ।
भिडियो लिङ्क तल हेर्नुहोस
https://www.facebook.com/155dk/posts/209650478832959/?vh=e&extid=MSG-UNK-UNK-UNK-COM_GK0T-GK1C