ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार : पर्यटन प्रर्वधन हुने अपेक्षा

आदर्श अनलाइन, बागलुङ
नेपालको एक मात्र सिकार आरक्ष प्राकृतिक रुपमा सुन्दरता भए विकासका हिसाबले पछाडि परेको छ । यस क्षेत्रको प्रचारप्रसारका लागि भने विभिन्न क्षेत्रबाट लागि परेको पाइन्छ । ढोरपाटनको पर्यटनलाई खेलकुदमार्फत प्रर्वधन गर्ने उद्देश्यले शुक्रबारदेखि ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ सूर भएको छ ।

गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघको आयोजनामा भएको ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड टेक्वान्दो सेमिनार–२०२३’ शनिबारसम्म संचालन हुने छ । सेमिनारलाई शुक्रबार सम्बोधन गर्दै संघीय सांसद देवीप्रकाश भट्टचनले खेलाडी राष्ट्रको गहना भएको भन्दै नेपालीलाई विश्व सामु चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । ढोरपाटन धेरै हिसाबले संभावना बोके पनि अहिलेसम्म विकासका हिसाबले पछाडि परेको हुँदा यहाँको विकासका लागि आफू निरन्तर लाग्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रलाई चिनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले खेल क्षेत्र प्राथमिकतामा पर्न नसकेको भन्दै यसको क्षेत्रको विकासका लागि संसदमा आवाज उठाउने शेरचन बताउनुहुन्छ । ढोरपाटनमा भएको यो सेमिनारले यहाँको प्रचारप्रचारमा ठूलो योगदान पु¥याउने र पर्यटक बढाउन टेवा पुग्ने शेरचनको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका अध्यक्ष तथा नेपाल टेक्वान्दो महासंघका केन्द्रीय महासचिव घमबहादुर थापाले ढोरपाटनको पर्यटन प्रर्वधन गर्नका लागि यहाँ सेमिनारको आयोजना गरेको बताउनुभयो । विगतदेखिनै राज्यको नजर पर्न नसकेको ढोरपाटनमा खेलकुदमार्फत प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नका लागि यो सेमिनारले मद्दत पु¥याउने अपेक्षा गरेको अध्यक्ष थापाले बताउनुभयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवहाक प्रमुख धनबहादुर कायत, नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष बासुदेव भट्ट, गण्डकी प्रदेश आईटिएफ टेक्वान्दो संघका सदस्य विशाल बुढा लगायतले मनतव्य राख्नु भएको थियो । शुक्रबार पनि सेनिमार जारी रहने छ । आज हुने सेमिनारमा मार्सल आर्टस्का पवर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पेसियल टेक्निनिक विभिन्न विद्याहरुमा सहजीकरण गरिने आयोजकले जनाएको छ । सेमिनारबाट देशभरबाट ४०० खेलाडीको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *