भुकम्प पीडितका लागि एनसीसी कतारको नेतृत्वमा १३ लाख बढि सहयोग

आदर्श अनलाइन दोहा, कतार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा कतारबाट भुकम्प पीडितको लागि तेह्र लाख बढि सहयोग गरिएको छ ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको संयोजकत्वमा राहत संकलन समिति गठन गरि संकलन गरिएको रकम मध्यबाट पीडितलाई प्रत्यक्ष ३ लाख ९३े हजार एक सय एक्काईस रुपैयाँ र नेपाल सरकारको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा ९ लाख ४५ हजार दुई सय एकहत्तर रुपैयाँ गरि जम्मा १३ लाख ३८ हजार तिन सय बयानब्बे रुपैयाँ सहयोग गरिएको हो ।

संकलित रकमबाट पुर्ण रुपमा घर क्षती भएका जाजरकोटका मरिचमान शाही, र कर्णबहादुर वलीलाई जनही ५० हजार रुपैयाँ, पवि कुमारी थापालाई ५० हजार र हवाई टिकट, घर क्षती भएका जाजरकोटकै लिला बहादुर राना, लाल बहादुर बस्नेत, गोविन्द मल्ल र सुनत सिंहलाई जनही २० हजार, जाजरकोट घर भै कतारमा कार्यरत कर्म खत्रीको परिवारलाई चालीस हजार, घरमा क्षती पुगेका सल्यानका सुरेश केसीलाई बीस हजार, रुकुम पश्चिमकी दिपा नेपालीलाई बिस हजार असी, जाजरकोटका कपिल परियारलाई दश हजार बाह्र र सल्यानको दार्मा गाँउपालीकालाई तिस हजार चारसय एकसठ्ठी प्रदान गरिएको हो ।

संकलित रकम एवं सहयोगको विवरण आइतबार नेपाली राजदुतावासमा महामहिम राजदुत डा. नरेश विक्रम ढकाललाई एनसीसी अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी, सचिव सन्तोष क्षत्री र कर्णाली प्रदेश सेवा समाज कतारका अध्यक्ष मोतीलाल बुढामगरको उपस्थितिमा जानकारी गराइएको छ । भेटका क्रममा राजदुत ढकालले मातृभुमिमा परेको विपतमा एनसीसीको नेतृत्वमा सहयोग गर्ने सबै संघ संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

जाजारकोट जिल्लाको रामेडाडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते शुक्रबारको मध्यराती गएको ६.४ रेक्टर स्केलको भुकम्पले विशेष गरि जाजरकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानविय एवं भौतिक क्षती पुगेको अवस्थालाई मध्यनजर गर्दे एनसीसी कतारले तत्काल पाँच लाख सहयोग गर्ने प्रतिवद्धता सहित कतारमा स्थापीत सम्पुर्ण संघ–संस्थालाई संयुक्त रुपमा सहयोग अभियान चलाउन आह्वान गरेको थियो ।

एनसीसीको अभियानमा एक्यवद्धता जनाउदै कर्णाली प्रदेश सेवा समाज कतारले पाँच हाजार पाँच सय पन्ध्र रियल, प्रवासी नेपाली समुदाय–दोहा कतारले तिन हजार दुई सय अठचालीस रियल, गण्डकी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियल तीन हजार, कोशी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियल दुई हजार सात सय चौउन्न, कर्णाली प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियल दुई हजार सात सय पैचालीस, लुम्बीनी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाबाट कतारी रियल एक हजार सात सय तेह्र रियल,मधेस प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियल पाँच सय एकाउन्न, नेपाल आदीवासी जनजाती महासंघमा आवद्ध मातृ संस्थाको तर्फबाट कतारी रियल एक हजार एक सय एघार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतारको तर्फबाट छ सय पचार रियल, महिला समाज कतारको तर्फबाट पाँच सय पाँच कतारी रियल लगाएत विभिन्न संस्था एवं व्यक्तिले सहयोग प्रदान गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *