पहिलोपटक एचआइभी संक्रमितको शल्यक्रिर्या मार्फत शिशु


खेमराज गौतम, बागलुङ
धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक एचआईभी संक्रमितले शल्यक्रिर्या मार्फ शिशु जन्माउनुभएको छ ।

धौलागिरी अस्पतालमा आइतबार २४ वर्षीय बागलुङ जिल्ला निवासी एक महिलाले शल्यक्रिर्या मार्फत शिशुलाई जन्म दिनुभएको धौलागिरी अस्पतालले जनाएको छ । शिशुका आमा बुबा दुबै एचआईभी संक्रमित भएर एआरटी औषधी सेवन गरिराख्नुभएको थियो । यस अघि बागलुङका एचआईभी संक्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएकोमा यस पटक धौलागिरी अस्पतालमै शिशुलाई जन्म दिनुभएको धौलागिरी अस्पतालमा एचआईभी संक्रमितको उपचार र परामर्श गर्दै आएको एआरटी सेन्टरका प्रमुख प्रदिप आचार्यले बताउनुभयो ।

शल्यक्रिर्या मार्फत शिशुलाई जन्मदिदा एचआईभी संक्रमण सर्ने जोखिम कम हुन्छ भने स्वास्थ्य परिक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिर्या गरिएको धौलागिरी अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बिजय ओझाले जानकारी दिनुभयो । शल्यक्रिर्या मार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआईभी संक्रमण नहोस भनेर तुरुन्तै औषधी समेत चलाउन थालिएको ओझाको भनाई छ ।

“संक्रमित महिलाले नियमित एचआईभी संक्रमितको औषधी खादै आउनुभएको थियो, औषधी सेवनले संक्रमितको भाइरल लोड कम हुन्छ” ओझाले भन्नुभयो “संक्रमित महिलाले बच्चा जन्माउने प्रकृया त फरक भएन, तर चिकित्सक तथा स्वास्थ्यकर्मी केही सजग रहनुपर्ने हुन्छ ।”

संक्रमित आमाबाट समेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआईभी सर्ने संभावना अत्यन्तै न्यून रहेपनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ । जिल्लामा अझै दुई जना संक्रमित महिला गर्भवती रहेको एआरटी सेन्टरका प्रमुख आचार्यले बताउनुभयो । शिशुको तौल तीन हजार ५२५ ग्रामको रहेको छ ।

विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्न थालेको धौलागिरी अस्पतालमा पछिल्लो समय ठूला उपकरण र प्रविधि समेत भित्राइदै आएको छ । धौलागिरी अस्पतालमा हालै मात्र रु. १० करोडको सिटिस्क्यान उपकरण भित्राएर सेवा दिन थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *