ब्यवस्थित बन्दै बागलुङ बजार


खेमराज गौतम, बागलुङ

बागलुङ बजारका सडक जहिलै अस्तव्यस्त हुन्थे । खाल्टा खुल्टी परेका सडकमा नत फुटपाथ थियो नत लाईन मार्किङ र जेब्रा क्रशिङ ।

प्रदल यात्रु र सवारीसाधन सधै एक साथ हिड्दा दुर्घटनाको उत्तिकै जोखिम ।

बागलुङ बजारको मुख्य सडकको रुपमा रहको ट्राफिक चोक देखि एटिएम चोक सम्मको सडक अहिले शुन्दर बनेको छ । पुतपाथ छोडेर लाईनमार्किङ गरिएको छ भने मुख्य चोक–चोकमा जेब्रा क्रशिङ बनाइएको छ ।
बागलुङ नगरपालिकाले नगरपालिकालाई शौन्र्दयकरण बनाउनका लागि पछिल्लो समय नीति तथा कार्यक्रम अन्र्तगत नै खटिएको पाइएको छ ।

सडक पेटिका व्यापारी र सामाग्रीलाई हटाइएको छ, ठेला व्यवसायलाई सटरमा व्यापार गर्न भनिएको छ, प्लाष्टर नगरिएका घरहरु आफै घर धनीले प्लाष्टर गरेका छन् भने अतिक्रमण गरेको संरचनाहरु समेत भत्काइएको छ । जस्कारण बागलुङ बजारको शौन्दर्यता बढ्दै गइरहेको छ ।

बागलुङ बजारमा जेब्राक्रशिङ पहिला पनि थियोभने सडकको फुटपाथ छुट्टाएर बनाइएको लाइनमार्कीङ पहिलोपटक भएको स्थानीयहरुले बताएका छन् । सडकहरुसमेत चिल्ला र सफा देखिन थालेका छन् । सडकको पेटीमा फूल सहितका गमला समेत राखिएको छ ।

ढीलै भएपनि अहिले बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र चिटिक्क देखिएको स्थानीय घनश्याम शर्माले बताउनुभयो ।

“सडक पेटीका सामाग्री हटाइएको छ,खाल्डाखुल्डी पुरिएको छ,कतिपय सडकहरु पुरै कालोपत्र भए कतिपय स्थानमा मर्मत गरिएको” शर्माले भन्नुभयो “सहायक सडकहरु त बनाउनै बाँकी छ तर बजारका मुख्य सडक भने राम्रो देखिएको छ,अहलदे ट्राफिक चोकदेखि जीपपार्क चोक प्रष्ट देखिन्छ ।”

दायाँबाँया फुटपाथ जस्तो देखिने गरी रंगरोगन भएपछि बजारबासीले फरक खालको महसुस गरेको शर्माको भनाई छ ।

बजारको मरेपिपल चोकमा सडक बिस्तार भएको छ भने पार्कीङ स्थल समेत व्यवस्थित बनाइएको छ ।

फुटपाथका लागि रेखा लगाईदिएपछि पैदल यात्रीले समेत बीच सडकबाट हिड्न छोडेका छन् ।

बागलुङ नगरपालिकाले रु.१ करोड ३४ लाख रकमबाट उक्त सडक कालोपत्र, मर्मत तथा लाईनमार्कीङ सम्पनन गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

सक्षम ब्रदर्शले लिएको ठेक्काबाट १ करोड ३४ लाखमा काम सम्पन्न गरेको छ । नगरप्रमुख श्रेष्ठले बागलुङ बजारका सबै सडकलाई अहिले बनाइएको मुख्य सडक जस्तै बनाउने योजना रहेको बताउनुभयो ।

उहाँले नागरिकलाई जिम्मेबार बनाउने, आफ्नो घर अघि आफै सरसफाई गर्ने अभियान समेत चलाइएको बचताउनुभयो ।

बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त बनाउने अभियानले समेत तिब्रता पाएको बताउदै नगरप्रमुख श्रेष्ठले आगमी बर्ष सम्म बागलुङ बजारका सबै सडक खाल्टाखुल्टी मुक्त बनाउने योजना रहेको बताउनुभयो ।

धमाधम कालोपत्र सडक मर्मत पछि बागलुङ बजारको सडकमा रहेका खाल्टाखुल्टीका कारण सास्ती खेप्न नपर्ने भएको छ । बागलुङ बजारका सडकमा लामो समयदेखि खाल्टाखुल्टी हुँदा यात्रुलाई समस्या भएको थियो ।

बागलुङ बजारमा खाल्टाखुल्टीका कारण दुर्घटना बढ्ने र नगरपालिकाको शौन्दर्यतामा समेत समस्या भएपछि बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त बनाउन धमाधम मुख्य सडकहरु कालोपत्रको काम गरेको बागलुङ नगरपालिकाले जनाएको छ ।

सडकमा खाल्टाखुल्टी पर्दा वर्खामा पानी जम्ने र हिउँदमा धुलो उड्ने समस्याले यात्रु तथा बागलुङ बजारका व्यवसायीहरुलाई समेत समस्या भएपछि नगरपालिका खाल्टा मुक्त बागलुङ बजार बनाउने अभियानमा कतै पुरानो कालोपत्र मर्मत तथा खाल्टा खुल्टीमा नयाँ कालोपत्र गरिरहेको छ ।

बागलुङ बजारको ट्राफिक चोकदेखि हल्लन चोक हुँदै धौलागिरी चोक सम्मको डेढ किमि सडकको कालोपत्र सम्पन्न भइसकेको छ, भने एटिएम चोक, अस्पताल रोड, हल्लनचोक देखि दुर सञ्चार गेट बागलुङ नगरपालिका अघि लगायतको स्थानमा सडक मर्मत गरिएको हो ।

खानेपानीको पाइप खन्दा, घर निर्माण गर्ने क्रममा र कतै कालोपत्र जीर्ण भएका कारण खाल्टाखुल्टी सडक बढेपछि नगरपालिकाले खाल्टाखुल्टी मुक्त अभियान थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *