कोदालो प्रहार गरि भतिजाले गरे काकाको हत्या

आदर्श अनलाइन, बागलुङ
बागलुङमा कोदालो प्रहार गरि एक जनाको हत्या भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० चैतेका ३३ वर्षीय हिरालाल विकले कोदालो प्रहार गरि ४० वर्षीय लालमन विकको हत्या गरेका हुन् ।

हिरालाल र लालमन काका भतिज हुन् । उहाँहरु बीच विवाद हुँदा भतिज हिरालालले काका लालमनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

कोदालो प्रहारपछि लालमनको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ । कोदालो प्रहार गर्ने भतिजलाई प्रहरीले नियन्त्रणमा लिइको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।

आइतबार राती करिब ११ बजे घटना भए पनि प्रहरीले विहान साढे ४ बजे मात्रै बखर पाएको भन्दै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकको टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । शवलाई अहिलेसम्म नउठाएको भन्दै घटनाको विषयमा थप अनुसान्धान थालिएको केसीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *