सुख दुखमा एमाले जनताको साथमा छ : अध्यक्ष ओली

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नु पर्ने बताउनु भएको छ । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताउनुभयो ।

अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल जोडन् तर्फ लाग्नु पर्ने भन्दै अब गाउँलाई प्रबिधिसँग जोड्न जरुरी रहेको उहाँले बताउनुभयो । अहिलेको सरकारले नेकपा एमालले खबरदारीसँगै रचनात्मक सहयोगसमेत गर्दै आएको अध्यक्ष ओलीले बताउनुभयो । एमालेले नेपाली जनताको हरेक दुःखमा साथ दिँदै आएको भन्दै बाढी पहिरो होस् या भुकम्प हरेक विपद्का पीडितको पीडामा मलम लगाउने काम गरेको बताउनुभयो ।

अघिल्लो महिना गएको भुकम्पका कारण घरबारविहीन भएका जाजरकोट र रुकुम पश्चिममा एमालेले मङ्सिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको र आठ सय बढी अस्थायी घर निर्माण गरि हस्तान्तरण गरेको उहाँको दाबी छ ।
अध्यक्ष ओलीले भन्नुभयो – “नेकपा एमाले जुनसुकै बेला पनि नेपाली जनताको साथमा छ, जनताको पक्षमा छ, अब दलहरुले पार्टीको मात्रै काम गर्ने होइन, विकास र समृद्धिका लागि काम गर्नु पर्छ, मुलुकमा विकासले विस्तारै गति लिँदैछ, अब हरेक ठाउँमा प्राबिधिक शिक्षाको पढाई हुने वातावरण तयार गर्नु पर्छ, गाउँलाई प्रबिधिसँग जोडेर समृद्धि हासिल गर्नु जरुरी छ ।”

एमालेले मध्य पहाडको अवस्था बुझेर यहाँको विकासका लागि खाका तयार गर्नका लागि झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका यात्रा थालेको बताउनुभयो । यात्राका क्रममा धेरै ठाउँका विकास हुँदै गएको देखेको अध्यक्ष ओलीको भनाइ छ । मंसिर १४ गतेदेखि शुरू भएको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राको क्रममा नेकपा एमालेको टोली बुधबार पश्चिम बागलुङ आई पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *