बागलुङका लोक कथा जोगाउन लिपिबद्ध

आदर्श अनलाइन, बागलुङ
धेरै कथाहरु सुनिन्छन् तर लिपिबद्ध छैनन् । पछिल्लो समय पुस्तान्तरणको अभावमा धेरै लोक कथा तथा किम्मदन्तीहरु हराईसके ।

पछिल्लो समय सुन्दै आएका कथाहरु हराउने खतराबढेपछि बागलुङका लोक कथाहरुलाई पढ्न मिल्लेगरी लिपिबद्ध गरिएको हो । बागलुङ जिल्लामा सुन्दै आएका लोक तथा दन्त्य कथाहरु हाराउने जोखिम बढेपछि लिपिबद्ध गर्ने अभियान अन्र्तगत पहिलो चरणमा बागलुङ जिल्लामा सुनिदै आएका ९ वटा लोक तथा दन्त्य कथा लिपिबद्ध गरिएको हो । लिपिबद्ध गरिएका अधिकांश कथाहरु ठाउँको नामाकरण र सत्यतासंग जोडिएका समेत छन् ।

बढ्दो प्रविधिको प्रयोगले पुराना लोक तथा दन्त्य कथाहरु अभिभावकबाट सुनिन छोडेपछि पुस्तान्तरण नहुँने खतरा छ । बाजेबज्यैको मृत्युपछि पुस्तान्तरण अभावमा लोक कथा तथा किम्मदन्तीहरु हराउदै जाने भन्दै जिल्लामा पहिलोपटक बागलुङ जिल्ला भित्र रहेका लोक कथा, दन्त्य कथा र किम्मदन्तीहरु संरक्षणका लागि संकलन गरेर लिपिबद्ध गरिएको हो ।

यहाँको राणाकालिन पुस्तकालय विद्यामन्दिर पुस्तकालयको पहल तथा रिड नेपालको आर्थिक सहयोगमा बागलुङका ९ वटा लोक तथा दन्त्य कथा लिपिबद्ध गरिएको हो । सुन्दै आएका कथाहरु पछिल्लो पुस्तामा नपाइने भएकाले उक्त कथाहरुलाई लिपिबद्ध गरेर “बागलुङको कथा” नामक पुस्तक निकालिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो ।

“पहिलो चरणमा बागलुङ जिल्लाको नामाकरण, कालिका मन्दिरको महिमा, सत्यवती, ओदाने डाँडा लगायतका धेरै चर्चामा आएका कथालाई लिपिबद्ध गरेर पुस्तक निकालिएको छ” थापाले भन्नुभयो “बागलुङका कथा जिल्लाको पहिचानसंग र स्थानसंग जोडिएका छन्, अब बागलुङका कथा पाका पुरानाहरुको मुखबाट मात्रै हैन बालबालिकाको मुखबाट समेत सुन्न पाइन्छ ।”

पुस्तकमा कथासंग सम्बन्धीत चित्र समेत राखिएको छ जस्ले कथालाई थप पुष्टाई गर्दै आएको छ । अभिलेखिकरण गरिएका कथाहरु पाका पुराना व्यक्तिहरुबाट सुनेर उक्त कथाहरुलाई पुष्टाइने स्थानमा पुगेरै तयार गरिएको हो ।

इतिहास र प्रमाणका आधारमा भनिएको किम्मदन्ती कथाहरुलाई बालबालिकाहरुले पुर्नलेखन संगै सम्बन्धीत रहेर चित्र समेत कोरेका थिए । सुनाइएका र सुन्दै आएका धेरै कथाहरुबाट पहिलो चरणमा ९ वटा कथाहरु छनौट गरेर प्रकाशित गरिएको छ । जुन कथा अब पुस्तक मार्फत पढ्न पाइन्छ भने पछिल्लो पुस्ताका लागि सन्र्दभ सामाग्री समेत बन्न सक्ने थापाको भनाई छ ।

लोक कथाका चार विधा मध्येको दन्त्यकथा सत्यतामा आधारित कथालाई बागलुङको परिवेश संग जोडेर लोक कथा संरक्षण संगै लिपिबद्ध गर्न गरिएको बरिष्ठ बाल साहित्यकार प्राध्यापक डा. धु्रव घिमिरेले जानकारी दिनुभयो । घिमिरेले बागलुङसंग धेरै कथाहरु जोडिएका थाहा पाएपछि कथा खोज्न केही महिनाअघि बागलुङ आएको बताउदै बागलुङको कथाले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजको काम गर्ने छ भने लोप भएका लोक कथा जोगाउने बताउनुभयो ।

पछिल्लो समय बालबालिकाहरू इन्टरनेट र विदेशी संस्कृतिसंग अग्रसर हुँदा आफ्नो क्षेत्रको कला तथा संस्कृति विर्सने प्रवृति हाबी भइरहेकाले सुन्दै आएका कथाहरुलाई लिपिबद्ध गरिएको बताउदै रिड नेपालका वरिष्ठ फिल्ड संयोजक बिना गोलेले १० वर्षदेखि लोक कथाको संरक्षण र दस्तावेजीकरण गर्दै आएको जानकारी दिनुभयो ।

आगमी पुस्ताहरुले उक्त कथाहरु सुन्नै नपाउने खतरा बढेपछि हाल सम्म १४ जिल्लाका लोक कथा संग्रह गरेर लिपिबद्ध गरिएको उहाँको भनाई छ । पढाइ, जागिर र अन्य बाध्यताले बाजेबजै र नाती नातिनीहरू एकै स्थानमा बस्ने अवसर नहुँदा पुस्तान्तरण हुनुपर्ने धेरै विषय रोकिएका कारण बाजेबज्यैको कथालाई पुस्तान्तरणको प्रयास स्वरुप यस्तो लोक कथालाई संग्रह गरिएको हो ।

एकल परिवारको रुपमा बस्न थालेपछि कथा र कहानी सुन्ने अवसर बालबालिकाले पाउन छाडेपछि पुस्तकमार्फत भएपनि बालबालिकाहरुले कथा पढ्न पाउनेगरी व्यवस्था मिलाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *