मानव अधिकार प्राप्तका लागि नेपाली जनताले लगातार संघर्ष गरि रहेका छन्–अध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तका लागि नेपाली जनताले लगातार संघर्ष गरि रहेको बताउनुभयो ।

आइतबार बागलुङमा ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपाल मानव अधिकार संगठन बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायीक प्रहरी सेवा केन्द्र गुठीको आयोजनामा बागलुङ बजारको ¥याली पछि आयोजना गरिएको कोणसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कमजोर नागरिकले वर्षौँदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको बताउनुभयो ।

कुनै पनि नागरिकले मानव अधिकारको प्रत्याभूत गर्न नपाउँदा हरेक दिन नेपाली युवा विदेशिनु परेको उहाँको भनाइ छ । एउटा नागरिककोे गास, बास, कपाससँगै उसले देशमै गरि खान पाउने अधिकार हुने भन्दै पछिल्लो समय त्यो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरीनु परेको अध्यक्ष केसीले बताउनुभयो । मानव अधिकार रक्षाका लागि राष्ट्रिय जनमोर्चा वर्षौँदेखि लड्दै आएको र अहिले पनि आफूले संसदमा यस विषयमा आवाज उठाइ रहेको उहाँको भनाइ छ ।

कोणसभामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र द्वन्द्वपीडित जसोधा शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

¥यालीमा आदर्श विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङका कक्षा ११ र १२ का विद्यार्थी, प्रहरी र मानवअधिकार सम्वद्ध संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्