बस्नेत परिवारले दियो गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह

डम्मर बुढा मगर, बागलुङ
अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदा हुँदै पनि दाहसंस्कार गरि हाल्नु पथ्र्यो । दुई÷तीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालमा ल्याएर राख्नु पर्ने बाध्यता थियो । पश्चिमबाट धौलागिरी अस्पतालमा ल्याएर राख्दा हजारौँ रुपैयाँ खर्च हुन्थ्यो । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र गलकोटको हरिचौरमा प्राथमिक स्वास्थ्य केन्द्र भए पनि यहाँ शवगृह थिएन । हालै गलकोट नगर अस्पतालमा इलेक्ट्रोनिक्स शवगृह प्राप्त भएको छ ।

गलकोट नगरपालिका–६ नेपानेका झप्पर बहादुर बस्नेतको परिवारले उहाँका स्वर्गीय बुबा वीरबहादुर बस्ने र आमा मनकुमारी बस्नेतको स्मृतिमा विद्युतीय शवगृह सहयोग गर्नु भएको हो । बस्नेत परिवारले आठ लाख बढी रुपैयाँको इलेक्ट्रोनिक्स शवगृह नगर अस्पताललाई सहयोग गरेको गलकोट नगर अस्पतालका प्रमुख डाक्टर राजेश पौडेलले बताउनुभयो । शवगृह नहुँदा धेरै नागरिकले दुःख पाउनु परेको डा. पौडेलको भनाइ छ । अस्पतालमा अहिलेसम्म शवगृह नहुँदा धेरै दिनदेखि शडेको शवको पोस्टमार्टम गर्नु परेको उहाँले सुनाउनुभयो ।

“पश्चिम बागलुङमै शव बहान थिएन, विभिन्न घटनामा मृत्यु भएका मानिसको शव तीन÷चार दिनपछि अस्पतालमा पोस्टमार्टम आउने गर्थे, त्यस बेला समस्या हुन्थ्यो, अब सहज हुने छ,” डाक्टर पौडेलले भन्नुभयो – “अहिले सहयोग प्राप्त भएको इलेक्ट्रोनिक्स शवबहान हो, यो शव बहानमा दुई वटा वश अटाउँछन्, अब निसीखोला, तमानखोला, बडिगाड, ढोरपाटन र गलकोट क्षेत्रका नागरिकका लागि सहज हुनेछ, अब शवलाई राख्नका लागि बाग्नु पु¥याउनु पर्ने छैन ।”

शवगृह सहयोगकर्ता झप्पर बहादुर बस्नेतले गलकोट क्षेत्रका धेरै नागरिक विदेशमा रहेको र घरमा परिवारका सदस्यको मृत्यु भएपछि तत्काल फर्किएर आउँदा पनि मुख हेर्न नपाउने स्थिती रहेको हुँदा आफ्नो परिवारले सहयोग गरेको बताउनुभयो । तीन दशक अगाडि आफ्नो आमा बित्दा सुविधा सम्पन्न अस्पतालमा शव राखेर केही दिन ढिला आएर मुख हेरेको तर बाबाको गाउँमा मृत्यु हुँदा त्यो संभावना नभएको बस्नेत बताउनुहुन्छ । अब चार/पाँच दिनसम्म पनि शवलाई सुरक्षित राख्न सकिने र विदेशबाट आएर पनि भेट्न सकिने उहाँको भनाइ छ ।

बस्नेतले भन्नुभयो – “हाम्रो क्षेत्रका धेरै दाजुभाई दिदीबहिनीहरु जापान, कोरिया, अष्ट्रेलिया लगायतका देशमा जानु भएको छ, घरमा कोही परिवारका सदस्यको मृत्यु भयो भने केही दिनमा आएर भेट्ने अवस्था थिएन, कसैले भेट्ने चाहना राख्यो भने हजारौँ रुपैयाँ खर्च गरेर बागलुङ अस्पतालमा लैजानु पर्ने अवस्था थियो, यो समस्याको समाधानका लागि हामीहरुले अस्पताललाई शवगृह सहयोग गरेका गरेका हौँ, अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्नतर सहयोग गर्दै जाने छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *