तित्याङका पदमले फलाए नौ किलोको एउटै काउली


खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फर्ममा एउटै काउली नौ किलोको फलेको छ ।

२०६६ सालमा एउटा प्लाष्टिक टर्नेलबाट तरकारी खेति थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्री यतिवेला यस क्षेत्रकै सफल कृषकमा गनिनुहुन्छ ।
२०६६ सालअघि ज्यालामजदुरी गर्दै आउनुभएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फर्मको मालिक हुनुहुन्छ ।

उहाँको फर्ममा यस पटक नौ किलोको एउटै काउली फलेको हो । खत्रीको अहिले साना ठूला गरी ८ प्लाष्टिक टर्नेलमा तरकारी खेति छ ।

कृषि क्षेत्रको निरन्तर परिक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतिमा रमाउने क्रममा यस पटक ८ केजी ८८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिनुभयो ।
“फर्ममा निकै ठूला काउली फलेका थिए, फर्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो” खत्रीले भन्नुभयो “लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महशुस भयो ।”

आफ्ना साथीभाई बैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाउनुभयो ।

स्वदेशमानै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लिन खत्रीले वार्षिक १० लाख आम्दानी गर्दै आउनुभएको छ ।

“चार÷पाँच किलो सम्मको काउली त फलेकै थिए, यस पटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा ९ केजी रहेको पाइयो खत्रीले भन्नुभयो “स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा ९ केजी रहेको पाइयो, काउलीको तौल गरेको फोटो तथा भिडियो कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु ।”

अहिले ब्रोकाउली १५ क्विन्टल बिक्रि गरेको बताउदै आफूले बिक्रि गरेको काउली र टमाटर गलकोट सम्म निर्यात भएको खत्रीले बताउनुभयो । खत्रीले यस अघि ६ केजी ५० ग्रामको काउली फलाएको सुनाउनुभयो ।

तरकारी खेति फष्टाउदै गएपछि भाडामा ८ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायीक तरकारी खेती गर्दै आउनुभएको छ ।

खत्रीको फर्ममा ८ वटा प्लाष्टिक टर्नेल मध्ये दुई वटा हाइटेक टर्नेल र अन्य परम्परागत टर्नेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिन सम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *