बरेङको साग्दी हिँडेको पिकअप दुर्घटना

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मंगलबार विहान ५ः३० बजे बागलुङको जैमिनी नगरपालिका–१० नामदुकदेखि बरेङ गाउँपालिका–३ बाटाकाचौर स्थित साग्दी सत्यवती मन्दिर दर्शनका लागि हिँडेको ग ३ च ५९५८ नम्बरको पिकअप जीप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक जैमिनी नगरपालिका ३ का ३९ वर्षीय चन्द्रबहादुर परियार, सवार ३८ वर्षीय मनबहादुर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो । अन्य चार जना सामान्य घाइतेको उहाँको भनाइ छ ।

घाइते चालक र सवार मनबहादुरलाई जैमिनी नगरपालिकाको एम्बुलेन्समार्फत धौलागिरी अस्पताल बागलुङमा ल्याइँदै गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *