अतिथिलाई मायाको चिनो : चोयाको डोकोमा रायोको साग

आदर्श अनलाइन, बागलुङ
आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिने अनौठो दृश्य देखियो । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ सहित अन्य अतिथिलाई मायाको चिनो दिन उद्घोषकले बोलाए ।

मायाको चिनोको व्यवस्थापन मिलाउने त्यहाँका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले अतिथिहरुलाई निगालोको सानो डोकोमा रायोको साग हालेर मायाको चिनो थमाउनुभयो । बागलुङबाट पुगेका धेरै अतिथिहरुले अचम्म र अनौठो मानेर फोटो खिचाएनन् मात्रै सामाजिक सञ्जालमा स्थानीय उत्पादनको प्रर्बद्धन भएको भन्दै धेरेले प्रशंसा समेत गरे ।

मायाको चिनो भनेपछि कुनै आयातित सामाग्री वा सजावटको सामाग्री होला भन्ने धेरैले अड्कल गरेपनि त्यहाँको रायोको सागले भरिएको सानो निगालोको चोयाका डोको उपहार पाउदा दंग परेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“रायडाँडाको रायोको साग भनेपछि बजारमा खोजेरै खाइन्थो, तर औपचारिक कार्यक्रममा निगालोको सानो डोकोमै मायाको चिनो आउला भनेर कसैले सोचेनौं” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “स्थानीय निगालोबाट बनेको डोको र रायोको सागको प्रर्बद्धनका लागि यो निकै राम्रो काम भयो, अन्य कार्यक्रममा समेत प्रयोगमा आउने र स्थानीय उत्पादनलाई मायाको चिनो दिने अभियान थालेका छौं, डालीमा भाङ्गो राखेर अतिथिलाई मायोको चिनो दिन नगरपालिकाले थालेको छ ।”

बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको ११ नम्बर वडा रायडाँडा कृषिमा निकै संभावना रहेको गाउँ हो । रायडाँडाको धारापानीका किसानले साग बिक्रिबाटै राम्रो आम्दानी समेत गर्दै आएकाले थप प्रचार प्रसराका लागि मायाको चिनो निगालोको चोयाबाट बनेको सानो डोकोमा साग हालेर दिइएको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो ।

“यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट हुन्छ बागलुङ बजारमा पुगेको साग पोखरा सम्म पुगेको पाएका छौं यहाँको साग सहकारीमार्फत शुरुमा बजारीकण गर्न बानी बसालेका थियौं, अहिले आफै बजारमा साग पु¥याउनुहुन्छ” गौतमले भन्नुभयो “बागलुङ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्लाका क्रियाशिल पत्रकारहरुलाई मायाको चिनो दिदा सागको माग बढ्ने र यहाँको उत्पादनले बजार पाउने अपेक्षा सहति १३ जना अतिथिलाई निगालोको चोयाको डोको सहितको साग मायाको चिनोको रुपमा दिएका थियौं ।”

साग खाने र डोको सजायर राख्न सकिने भन्दै यहाँको स्थानीय उत्पादन संग वडा कार्यालय जोडिन खोजेको गौतमले बताउनुभयो । रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ । यहाँका किसानले तीन महिना देखि दैनिक एक पिक आफ जिप भरी साग मात्रै बागलुङ बजार पठाउदै आएको स्थानीय हिरा बहादुर थापाले बताउनुभयो ।

थापाले यहाँका बालिका थापा, रुद्र बहादुर थापा, दल बहादुर थापा, चन्द्र बहादुर थापा, तिल माया थापा, टिका बहादुर थापाले वार्षिक दुई लाख सम्म सागबाटै कमाउनेगरी पाखोबारी भरी साग खेती गर्दै आएको बताउनुभयो ।

बजारीकरणमा भने अझै समस्या रहेको थापाको भनाई छ । “एक वर्षमा रायोको साग मात्रै बिक्रि गरेर उउटा किसानले तीन लाख सम्म कमाएको रेकर्ड छ, बजारमा मुल्य भने स्थिर छैन, अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ, कहिले धेरै कहिले थोरै मुल्य पर्छ, न्यूनतम २० रुपैया मुठोमा बिक्रि भएको पाइन्छ, त्यहाँका व्यापारीले हाम्रो साग पोखरा पठाएको समेत पाइन्छ” किसान थापाले भन्नुभयो “यहाँको कालो माटोमा रायोको साग निकै झङ्गीन्छ, यहाँको साग खाएपछि अर्कोपटक माग आइहाल्छ, माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो, बजारको तीन वटा पसलमा रायोको साग पाइन्छ भनेर बजारबासीलाई अवगत छ, अब रायाडाँडाको साग ब्राण्ड बन्यो ।”

बसाइँसराइको चपेटामा रहेको रायडाँडाको धारापानीमा बगर बस्ती भएकाले कम बसाईसराई छ । उनिहरुले रायोको साग संगै मुला, काउली र बन्दा समेत उत्पादन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *