आदर्श अनलाइन, बागलुङ
राष्ट्रपती रामचन्द्र पौडेल बागलुङ आउनुभएको छ ।
सातौ बागलुङ महोत्सव उद्घाटन गर्न बागलुङ आउनुभएका पौडेल शालग्राम संग्रहालय कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको छ ।
कालीका मन्दिरमा विशेष पुजा आरधना गर्नुभएका पौडेलले कुडुँले स्थित शालग्राम संग्रहालयको अवलोकन गर्नुभएको थियो ।
पौडेलले संग्रहालयमा राखिएका सवालाख शालग्राम अवलोकन गर्नुभएको छ । महोत्सवको उद्घाटन पछि पौडेल आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।