राष्ट्रपति पौडेलद्वारा बागलुङ कालिकामा पूजाआराधना

डम्मर बुढा मगर, बागलुङ
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गर्नु भएको छ । सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आउनु भएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजा आराधाना गर्नु भएको हो ।

मन्दिरका मुल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गर्नु भएको छ ।

राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १० बजो बागलुङ बजार आईपुग्नु भएको थियो । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालल लगायतको टोलीले स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *