राष्ट्रपति पौडेलद्वारा सालिग्राम संग्राहलयको अवलोकन

आदर्श अनलाइन, बागलुङ
राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुले स्थित सालिग्राम संग्राहलयको अवलोकन गर्नु भएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्न यहाँ आउनु भएका राष्ट्रपति पौडेलले सालिग्राम संग्राहलयको समेत अवलोकन गर्नु भएको हो । संग्राहलय अवलोकन गर्न कुँडुले पुग्नु भएका पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलानयनाचार्य, ऋषि प्रपन्नचार्य लगायतले स्वागत गर्नु भएको छ ।

अवलोकन पछि बोल्दै राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्येक्ष अवतार सालिग्रामको संग्राह जस्तो पुनित कार्य गरेकोमा ज्ञापन गर्नु भयो । उहाँले थप बोल्दै बागलुङसँगको सम्बन्ध निकट रहेको बताउनुभयो । राष्ट्रिपति पौडेल आफूले बागलुङमा धेरै समय बिताएको भन्दै राष्ट्रपति बन्नुमा बागलुङे जनातको ठूलो भूमिका रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले वि.सं. २०४६ सालको आन्दालनमा बागलुङ कारागारमा जेल जीवन बिताउनु भएको थियो ।

पौडेलले कालीगण्डकीको महत्व धेरै ठूलो मरहेको भन्दै यसको संरक्षणमा जोड दिनुभयो । अहिले कालीगण्डकीको संरक्षण नगरे बागमतीको अवस्थामा पुग्ने उहाँको भनाइ छ । नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको भन्दै सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनु पर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।

“पानीका स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी छ र सिंगो जगत छ, त्यसले गर्दा हिमाल, वन जंगलको संरक्षण गर्नु पर्छ, कालीगण्डकी नदि धार्मिक हिसाबले निकै महत्वपूण रहेको हुँदा संरक्षणमा लागौँ” राष्ट्रपति पौडेलले भन्नुभयो – “म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पु¥याएका हुन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *