पर्यटक भित्राएर आय आर्जन बढाऔं : राष्ट्रपति पौडेल

आदर्श अनलाइन, बागलुङ

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा नीजि क्षेत्रको भुमिका अतुलनीय रहेको बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवको उद्घाटन पछि बोल्दै राष्ट्रपति पौडेलले पर्यटक भित्राएर आय आर्जन बढाउन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले बागलुङलाई जोडेको दुई महत्वपूर्ण मुख्य सडक कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङको विकासमा फड्को मारेको बताउनुदै समस्या ग्रस्त मध्यपहाडी लोकमार्गको खण्डलाई अघि बढाउन पहल गर्ने बताउनुभयो ।

“झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लको रुपमा रहेको बागलुङका पहिचानलाई बिक्रि गरेर आम्दानी बढाउन आवश्यक छ, पर्यटन क्षेत्रको विकास नै अहिलेको मुख्य आय–आर्जको माध्यम हो” पौडेलले भन्नुभयो “राजनीतिको उर्भरभूमीको रुपमा समेत रहेको बागलुङ आउदा आफ्नै घर आए जस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना जेल जीवन विताएको ताजा भयो ।”

राष्ट्रपति पौडेलले संगै जेलमा बसेका बागलुङका व्यक्तिहरुलाई समेत स्मरण गर्नुभएको थियो ।
राजनीतिक चेतनाको उर्वरभूमि मात्र होइन धौलागिरि हिमशृङ्खलासहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासको लागि यो महोत्सव आयोजना गरिएकोमा पौडेलले खुसी व्यक्त गर्नुभयो ।

सबैभन्दा धेरै विपे्रषण भित्राउने जिल्लाको रुपमा रहेको बागलुङले नीजि क्षेत्रको नेतृत्व जन्माएकोमा गर्व लागेको बताउनुभएको थियो । विश्व पर्यटन बजारमा प्रवद्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको राष्ट्रपति पौडेलको भनाई छ ।

बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्र र नेपाल भ्रमणको लागि आकर्षित गर्नु पर्ने आजको आवश्यकता राष्ट्रपति पौडेलले बताउनुभयो । राष्ट्रपति पौडेलले ढोरपाटन पर्यटन र शिकारको लागि पनि प्रख्यात क्षेत्र भएपनि धेरै पर्यटक आकर्षण गर्न नसकेको भन्दै प्रचार प्रसारमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

महोत्सवमार्फत निजी क्षेत्रले यहाँको उत्पादन हुने कृषि उपज र जडीबुटीलाई हाम्रो सामु ल्याएको हुँदा प्रदेश सरकारले यसको विकासमा उद्योगी व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने आजको आवश्यकता रहेको पौडेलको भनाई छ ।

महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बागलुङ
विकासका लागि सबै सांसदहरु एक हुँन आवश्यक रहेको बताउनुभयो ।

केसीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाईप्रति जनताको आक्रोस रहेको बताउदै सरकारले निर्माण व्यवसायीको भुक्तानी रोक्न नहुँने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा बातावरण मन्त्री देवेन्द्र पौडेलले महोत्सवले आर्थिक चलयमान बनाउनै पर्यटक भित्राउन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा संघीय सांसद देवेन्द्र पौडेल संघीय सांसद देवि प्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्द्र प्रसाद ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो । महोत्सव २१ गते सम्म चल्ने उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *