सहकारीलाई दिगो बनाउन सदस्य सचेत र सक्रिय बनौ : जि.सी.


कमल पौडेल, बागलुङ

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसीले सहकारीलाई प्रभावकारी र दिगो रुपमा सञ्चालनका लागि सदस्यहरु सचेत र सक्रिय हुन आवश्यक रहेको बताउनु भएको छ ।

दिदी बहिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २, खरबाङको तेह्रौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।सहकारी सदस्यहरुको हो, सदस्य सहकारीका मालिक हुन, सहकारीलाई संरक्षण गर्ने दायित्व सदस्यहरुको भएकाले सदस्यहरु सक्रिय र सचेत भएको संस्थामा समस्या नआएको बताउनुभयो ।

सहकारीको ब्यानरमा सहकारीको मर्म र भावना विपरित काम गर्ने केही सहकारीको बदमासीका कारण सिंगो सहकारी अभियाननै कमजोर भएको चर्चा गर्दै जिसीले सबै सहकारीलाई एउटै डालोमा हालेर मूल्यांकन गर्न नहुने बताउनुभयो ।

सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन, महिला शसक्तिकरणमा सहकारीको मुख्य भूमिका रहेको छ, सहकारी मार्फत महिलाहरु आर्थिक उपार्जन र स्वआर्जनमा लागेको उदाहरण प्रस्तुत गर्दै जिसीले महिलाको नेतृत्व थप पारदर्शीसमेत भएको दावि गर्नुभयो ।

साधारणसभामा सहकारीका अध्यक्ष विष्ण्ुाु अर्यालले प्रस्तावित कार्यक्रम सहितको वार्षिक प्रतिवेदन, पोषाध्यक्ष देउमाया रानाले ५ करोड ४४ लाख बराबरको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षेण समितिका तर्फबाट संयोजक चमेला अर्यालले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


साधारणसभामा संस्थापकहरु हिमा कुमारी खराल, मिना थापा र सिता थापा, ७० वर्ष पुगेका जेष्ठ शेयर सदस्यहरु कलिदेवी पुन, जिविमाया थापा, चन्द्रीदेवि अधिकारी, भिमा कुमारी अधिकारी, कर्ण कुमारी थापालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचत कर्तामा धनमाया पुन, बालवचतकर्ता प्रतिक्षा राना, शेयर सदस्यका छोराछोरी मध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने कोपिला वन, विद्यालयको तर्फबाट खड्कदेवि माविलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा सारथी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सचिव कमल पौडेल, संस्थापकका तर्फबाट हिमा खरेल, मिलन व्यवसायीक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिन बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी उपशाखा दगातुन्डाडाका सभापति खगिश्वर अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विष्णु अर्यालको अध्यक्षता, उपाध्यक्ष गिता पोखरेलको स्वागत र सहसचिव पुस्पा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।


२०६७ सालमा स्थापना भएको दिदी बहिनी वचत तथा ऋण सहकारी संस्थामा ७ सय ८३ जना शेयर सदस्य, ७३ लाख शेयर पुँजी, ३ करोड ४२ लाख बचत रहेको छ । सो अवसरमा ग्रामिण क्षेत्रमा जन्मिएर सहकारी क्षेत्रमा जिल्ला हुदै राष्ट्रिय स्तरमा रहेर योगदान गरेको भन्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) लाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *