बागलुङ नगर खानेपानीको अध्यक्षका लागि चार जनाको उमेद्वारी


आदर्श आनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा चार जनाको उमेद्वारी दर्ता भएको छ ।

आगमी पुष २८ गते हुने निर्वाचनको लागि शनिबार मनोनयन दर्ताको समय रहेको थियो ।
खानेपानी संस्थाको अध्यक्ष पदका लागि पूर्व अध्यक्ष सहित चार जनाको उमेद्वारी परेको छ ।

अध्यक्ष पदका लागि पूर्व अध्यक्ष केवी राना मगर, वर्तमान तदर्थ समितिका संयोजक जयरामभारी, भुपेन्द्र खड्का र सुवास आचार्यले अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएको निर्वाचन समितिका संयोजक, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष पदका लागि, दयाराम पौडेल, रतन प्रसाद श्रेष्ठ र हरीबहादुर जिसीले उमद्वारी दिएका छन् ।

समितिको सचिवमा जीवन आचार्य र निर्मल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण शर्मा र थानेश्वर सुवेदीको उमेद्वारी दर्ता भएको बरालले जानकारी दिनुभयो ।

दुई जना खुल्ला सदस्यका लागि दश जनाको उमेद्वारी परेको छ । खुल्ला सदस्य पदमा बाबुलाल शाक्य, बिर बहादुर थापा, सुनिल कुमार श्रेष्ठ, टेकनारायण शर्मा, कुलराज शर्मा, बाबु काजी केसी, लाल बहादुर केसी, चन्द्रबहादुर सुवेदी, शिव आचार्य र रामबहादुर बिकको उमेद्वारी परेको छ ।



तीनजना महिला सदस्य पदका लागि सात जनाको उमेद्वारी परको छ । जसमा सुनिता श्रेष्ठ, मञ्जुमाया क्षेत्री, कालिका सापकोटा, शिला थापा क्षेत्री, लक्ष्मी थापा, हुमा देवी शार्मा र गुमादेवी श्रीष छन्त्यालको उमेद्वारी परेको बरालले जानकारी दिनुभयो । झण्डै ४ हजार खानेपानी उपभोक्ता रहेको नगर खानेपानीमा मतदान गर्ने एक हजार २५ जना सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *