पत्रकार राना कुटिएको घटना : कहाँ पुग्यो छानबिन ?


आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानामाथी भएको कुटपिटको घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । छानबिन समितिले काम गरेर कार्वाही गर्ने आशामा राना सहित बागलुङका पत्रकार बसेका छन् ।

पुस २१ गते राती पत्रकारीता कर्ममा खटिरहेको समयमा पत्रकार रानामाथी प्रहरीले लाठी प्रहार गर्दा बाँया हातको हड्डी चर्किएको थियो भने खुट्टामा निलडाम बसेको थियो । घटनाको उचित छानबिन गरी दोषीलाई कार्वाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय सुरक्षा समितिको बैठकले नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय रानामाथी प्रहरीले निर्घात कुटपिट गरेको घटनामा छानबिन गर्नका लागि बरालको नेतृत्वमा अनुसन्धान अधिकृत रन्जन पौडेल, नेपाल प्रहरीका प्रहरी निरिक्षक दिपक बाबु केसी, नेपाल प्रहरीका प्रहरी निरिक्षक एक जना, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल र नेपाल पत्रकार महासंघ बागलुङकी सह–सचिव सिर्जना पन्त रहेको पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । समितिले पाँच दिन भित्र छानबिनगरी प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिवेदन पेश गर्ने पत्रकार महासंघका सह–सचिव सृजना पन्तले जानकारी दिनुभयो । तर छानबिनसमिति गठन भएको २४ घण्टा वित्दा समेत समितिले काम थालेको छैन ।

कुटाइबाट घाइते हुनुभएका पत्रकार रानाको धौलागिरि अस्पतालमा उपचार गरिएको थियो । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवको ११ औं दिन रातको १०ः३० बजेको समयमा धौलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटमा रानामाथी कुटपिट भएको थियो ।
प्रहरीले मेला हेर्न आएका व्यक्तिहरुको धरपकट गरी लाठी प्रहार गरेको फोटो तथा भिडियो खिच्ने क्रममा पत्रकार रानाको मोबाइल खोसेर कुटपिट भएको थियो ।

दुई दर्जन प्रहरी जत्थाले दुई जना नागरिक कुटिरहेको देखेपछि फोटो तथा भडियो खिच्ने क्रममा कुटिनु परेको बताउदै पत्रकार बिजय रानाले दोषीलाई कार्वाही नभए आफू न्यायलय जाने बताउनुभयो ।

रानाले आँफू पत्रकार भएको जानकारी दिंदै परिचय पत्र देखाउँदा पनि कुटपिट गरेर प्रहरीले मोबाइल खोसेको बताउदै आउनुभएको छ । महासंघको नेतृत्वमा पत्रकारले निरन्तर दबाव दिएपछि प्रजिअ रिजालले घटनाको तीन दिन पछि छानबिनसमिति गठन गरिएको छ ।
घटना लगत्तै नेपाल पत्रकार महासंघ, बागलुङ, गण्डकी प्रदेश र केन्द्रीय समिति तथा पत्रकारका पेशागत संस्थाले बिज्ञप्ती प्रकाशित गरेर घटनाको बिरोध गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *