बागलुङ बजारवासीलाई शुद्ध पानी खुवाउन मेरो उम्मेदवारी–भारी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यही पौष २८ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि हाल तदर्थ समितिका संयोजक रहेका जयराम भारीले अध्यक्ष्यमा उम्मेदवारी दिनु भएको छ । प्यानलसहित उम्मेदवार दिनु भएका भारीले लामो समयदेखि बागलुङमा रहँदै आएको खानेपानी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने बताउनु भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरि आफूले चुनाव जिते दक्ष प्राविधिक (इन्जिनीयर) तत्काल नियुक्त गर्ने । साना शहरी खानेपानी आयोजना अन्तर्गत रात्माटामा रहेको पानी प्रशोधन इकाई (फिल्टर ट्याङ्की) तत्काल मर्मत गरी सञ्चालन गर्ने र लेखानी खोला स्थित भुदीसम्मको पाइप लाइन तथा स्ट्रक्चर मर्मत गर्ने बताउनुभयो ।

खानेपानी तथा ढल विभाग अन्तर्गत जलवायु अनुकुलन योजना मार्फत रिठे खोलादेखि हाडेपाखासम्मको सम्पूर्ण पाइप लाइन परिवर्तन गरी ६ इन्चको नयाँ पाइप लाइन जडान गर्नुका साथै पानी प्रशोधन इकाई (फिल्टर ट्याङ्की) निर्माण गरी स्वच्छ सफा शुद्ध पानी आम वितरण गर्ने र रात्माटादेखि रेश खोलासम्मको पाइप लाईन मर्मत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बागलुङ नगर खानेपानीको आम्दानी खर्च सफ्टवेयर मार्फत चुस्त दुरुस्त राख्ने र प्रत्येक तीन/तीन महिनामा गर्ने, संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्षको असोज मसान्त भित्र गर्ने उहाँको भनाइ छ । लिफ्टिङ खानेपानी आयोजना छिटो सम्पन्न गरि विद्युत रोष्ल्टीको प्रक्रियालाई अगाडि बढाउने र संस्थालाई पर्न गएको आर्थिक भार कम गराउने, विधान संशोधन गरि धारा जडान भएका सम्पूर्ण उपभोक्ता स्वत मताधिकार सदस्य हुने व्यवस्था मिलाउने भारीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘अहिले लामो समयपछि चुनाव हुँदैछ, बागलुङमा खानेपानीको समस्या धेरै पहिलेदेखि हुँदै आएको थियो, नगरपालिकाले मलाई चुनाव गराउने र खानेपानी समस्या समाधान गर्नका लागि तदर्थ समितिको संयोजकको जिम्मा दिएपछि धेरै परिवर्तन गरेको छु, चुनाव जतेपछि अहिले सुरुवात गरेका सबै काम पूरा गर्ने र बागलुङ बजारवासीलाई शुद्ध र सफा पानी दिलाउने मेरो जिम्मेवारी हो ।

भारीको प्यानमा उपाध्यक्षमा हरिबहादुर जिसी ‘सन्तोष’, सचिवमा निर्मल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा थानेश्वर सुवेदी, खुल्ला सदस्यमा चन्द्रबहादुर सुवेदी, शिव आचार्य, महिला सदस्यमा गुमादेवी छन्त्याल, लक्ष्मी थापा र शिला थापा क्षेत्री रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *