आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन शन्तिपूर्ण ढंगले सम्पन्न भएको छ । शनिबार ४ बजे सम्पन्न मतदानमा ९ सय ८५ मत खसेको निर्वाचन समितिका संयोजक चित्राङ्गत बरालले जानकारी दिनुभयो । शनिबार विद्यामन्दिर माध्यामिक विद्यालय प्राङ्गडमा सम्पन्न मतदानमा ९ सय ८५ मत खसेको निर्वाचन अधिकृत चित्राङ्गत बरालले बताउनुभयो । निर्वाचनमा ५४७ पुरुष र ४३८ महिलाले मतदान गरेका छन् ।
संस्थामा आजीवन र साधारण गरी एक हजार पाँच सय २८ मतदाता थिए । जसमध्ये पाँच सय ४३ जना मतदाता मतदानका लागि उपस्थित नभएको बरालको भनाई छ । संस्थाको आगामी अध्यक्षका लागि चार जनाको उमेद्वारी परेको थियो ।
दुईजनाले प्यानल बनाएरै चुनावी मैदानमा थिए भने दुई जनाको एकल उमेद्वारी दिएका थिए ।
अध्यक्षका पूर्व अध्यक्ष समेत रहेका केवी राना मगर, वर्तमान तदर्थ समितिका संयोजक जयराम भारी र भुपेन्द्र खड्का चुनावी मैदानमा छन् । अर्का अध्यक्षका उम्मेदवारले भारीलाई सर्मथन गरेपनि उम्मेदवारी फिर्ता लिन पाएनन् ।
अध्यक्षमा उमेद्वारी दिएका सुवास आचार्यले अन्तिम समयमा जयराम भारीको प्यानललाई सहयोग गरेपनि निर्वाचनको मतपत्रमा उहाँको नाम कामयै थियो ।