नगर खानेपानीको अध्यक्षमा केबी राना बिजयी


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानीको अध्यक्षमा केबी राना बिजयी हुनुभएको छ ।

शनिबार अबेर आएको मत परिणाम अनुसार रानाले जम्मा खसेको ९८५ मत मध्ये ४३४ मत लिएर बिजयी हुनुभएको छ । यस्तै अध्यक्षका अर्का प्रत्यासी जयराम भारीले ४०८ मत प्राप्त गर्नुभएको छ । यस्तै अध्यक्ष्का अर्का प्रत्यासी भुपेन्द्र खड्काले ८५ र सुभास अचार्यले १ मत पाउनुभएको छ ।

यस्तै उपाध्यक्षमा हरी बहादुर जिसी बिजयी हुनुभएको छ । जिसी भारी प्यानलका हुनुहुन्छ । जिसीले ४४७ मत प्राप्त गर्दा अर्का प्रत्यासी रतन प्रसाद मलेपतीले ४४३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सचिवमा राना प्यानलकै जीवन आचार्य बिजयी हुनुभएको छ । आचार्यले ४७४ मत प्राप्त गर्दा अर्का प्रत्यासी निर्मल बहादुर श्रेष्ठले ४३७ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा कृष्ण शर्मा बिजयी हुनुभएको छ । शर्माले ५०० मत प्राप्त गरेर बिजयी हुदा थानेश्वर सुवेदीले ३८५ मत प्राप्त गनुएभएको थियो ।

नगर खानेपानीको सदस्यमा कुलराज शर्मा, शिव आचार्य, कालिका सापकोटा, गुमादेवि श्रीस छन्त्याल र हुमा देवी खड्का निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *