विकास निर्माणमा सरकार असफल : महासचिव पोखरेल


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास निर्माणमा अहिलेको गठबन्धन सरकार असफल भएको धारणा व्यक्त गर्नु भएको छ ।

आज नेकपा एमाले बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै महासचिव पोखरेलले अहिलेको सरकारले काम गर्न नसकेर घुडा टेकेको जिकिर गर्नुभएको छ ।

महासचिव पोखरेलले राजश्व उठाउनेमा अहिलेको सरकारले ध्यान नदिदा तलव खुवाउन समेत ऋण लिनुपर्ने अवस्थामा अहिलेको सरकार पुगेको बताउदै बिकास निर्माण ठप्प भएको बताउनुभयो ।
“निर्माण व्यवसायीले काम गरेको भुक्तानी पाएका छैनन् विकास हुँने त कुरै छोडौ, विनासको गतिमा सरकार छ” पोखरेलले भन्नुभयो “राजश्व तरमाराको हातमा पुग्यो, एमालेको सरकार हुँदा राजश्व बढ्ने र विकासले तिब्रता पाउने गरेको सत्य सावित भइसक्यो ।”

नेकपा एमाले बलियो र जनताको माझमा लोकप्रिय पार्टीको रुपमा स्थापित भइसकेको बताउदै संगठनलाई भने रूपान्तरण गर्दै लैजाने पोखरेलको भनाई छ ।

जनताका मुद्दा उठाउन एमालेले विभिन्न अभियान चलाइरहेको बताउदै थप जागेर काम गर्ने र मुलुकमा भइरहेको, वेतिथि, भ्रष्ट्राचार एमाले टुलुटुल हेरेर नबस्ने पोखरेलले बताउनुभयो ।
मिलेर खानलाई अहिलेको गठबन्धनले जोड दिएको बताउदै नागरिक लक्षित बजेट, कार्यक्रम ल्याउन नसक्दा अहिलेको सरकार असफल बनिसकेको जिकिर गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *