सिगाना मावि लामिचौरको वार्षिकोत्सव, अबको ध्यान शैक्षिक गुणस्तरमा मुख्यमन्त्री पाण्डे


आदर्श अनलाइन, बागलुङ
सिगाना माध्यामिक विद्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा प्लेटियम जुब्ली २०८० मनाइएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विद्यालयको भौतिक सुधारपछि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले धेरै विद्यालयको भौतिक पूर्वाधारमा जोड दिइएको बताउदै अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।



आज बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौरको ७० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विद्यालयको भौतिक पूर्वाधार पछि शैक्षिक गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।


उहाँले ठुला भवन र बगैचा बन्दैमा शैक्षिक गुणस्तर वृद्धि नुहँने भन्दै भौतिक पूर्वाधारपछि शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति लाग्नुपर्ने बताउनुभयो ।

“विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम, आवासीय सहितको विद्यालय, प्रविधिमैत्री विद्यालय बनाउन प्रदेश सरकारले लगानी गरिरहेको छ, धेरै विद्यालयमा पूर्वाधार बनिसक्दा विद्यार्थी खाली हुने अवस्था आउन नदिन शैक्षिक गुणस्तर वृद्धिमा लाग्नुपर्दछ” पाण्डेले भन्नुभयो “सिमित स्रोत र साधानकाबीच प्रदेश सरकारले असिमित दायित्व पूरा गर्नका लागि लागि परेको छ, प्रदेश भित्र थलिएका योजना पहिला पुरा गरेर मात्रै नयाँ योजना ल्याउछौं ।”

गण्डकी प्रदेश सरकारले उत्पादनका आधारमा अनुदान दिन थालेको बताउदै मुख्यमन्त्री पाण्डेले बागलुङको सिगानाको सुन्तलाको चर्चा आफूले सुनेको भन्दै सुन्तलाको प्रर्बद्धनका लागि गण्डकी प्रदेशले लगानी गर्ने बताउनुभयो ।



उहाँले सिगानाको दलित बस्तीको खानेपानी समस्या र नीर्माणधीन लिफ्ट आयोजनामा बजेट अभाव भएको भन्ने गुनासोलाई आगमी वर्ष समाधान गरेर अगाढी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

व्यावसायिक रुपमा उत्पादन गर्ने किसानको बजारीकरण गण्डकी प्रदेशले गर्ने योजना ल्याएको बताउदै व्यवसायिक उत्पादनमा लागेर युवालाई स्वदेशमै बस्ने बतावरण बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।



कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापाले बसाईसराई रोक्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । पर्यटनमन्त्री थापाले पर्यटनको विकास गर्न सकेमा गण्डकी प्रदेश सरकार समृद्धतर्फ उन्मुख हुने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद कुशुम बुढामगर, चम्पादेवि खड्का, जीत शेरचन, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सिगानाका वडा अध्यक्ष राजु कार्की, शिक्षाप्रेमी गोपाल कुमार शर्मा, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



विद्यालयको प्रगती प्रतिवेदन प्रधानध्यापक चन्द्र मल्लले पेश गर्नुभएको थियो । कार्यक्रममा हालै निर्माण गरिएको बाल उद्यानको मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको थियो ।



कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द्र प्रसाद गौतमको स्वागत मन्तव्य तथा शिक्षक लोक बहादुर खड्का र भुपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *