सिंहदरबार गाउँमा आए पनि अधिकार आएनन्–मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज गाउँ–गाउँमा सिंहदरबार आए पनि अधिकार आउन नसकेको बताउनुभएको छ । आइतबार बागलुङको बडिगाड गाउँपालिकामा आयोजित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहमा पूर्ण रुपमा अधिकार आउन नसकेको बताउनुभयो ।

सीमित स्रोत साधान हुँदा पनि गण्डकी प्रदेशले प्राथमिकताका आधारमा जनतालाई सेवा सुविधा दिन थालेको बताउनुभयो । स्थानीय पालिका घर आगनको सरकार भएको हुँदा नागरिकको हरेक समस्या बुझ्न र समाधान गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो । पालिकामा हुने हरेक विकास निर्माण प्रदेश सरकारले साथ दिने उहाँको भनाइ छ । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई मुख्य प्राथमिकतामा राखेकार काम गरेको मुख्यमन्त्री पाण्डेलले बताउनुभयो ।

“हामी संघीयताको कार्यान्वयनको चरणमा छन्, जनताले हामीहरुबाट धेरै अपेक्षा गरेका छन् तर सीमित स्रोत साधान र पूर्ण रुपमा अधिकार आउन नसक्दा नागरिकको जनचाहना अनुसार काम हुन सकेको छैन, यद्यपी प्रदेश सरकारले धेरै विकास गरेको छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “अब कुनै पनि नागरिक स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउने पर्ने छैन, गण्डकी सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लगेको छ ।”

मुख्यमन्त्री पाण्डेले गण्डकीमा कोदोको रक्सीलाई ब्राण्डेड बनाउनका लागि गृहकार्य गरि रहेको बताउनुभयो । विदेशी रक्सी खुलेआम विक्री हुने तर स्थानीय स्तरमा उत्पादन भए चिजलाई निषेध गर्न नहुने उहाँको भनाइ छ । यस वर्षदेखि प्रदेश सरकारले जनताले खानेपानी महङ्गो हुन्छ भनेर लिफ्टिङ खानेपानी र सिंचाइको विद्युत महशुल निशुल्क गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *