मुख्यमन्त्रीलाई सडकमै रोकेरे जनताले सोधे कालोपत्र कहिले हुन्छ ?


खेमराज गौतम, बागलुङ
शनिबार राती बागलुङ बजारदेखि गलकोट नगरपालिका तर्फ जादै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके ।
सुरक्षाकर्मी सहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गाडीबाट झरेर जनताको कुरा सुन्न थाल्नुभयो ।

ठेक्का सम्झौता भएको सात वर्ष सम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै यहाँका स्थानीयहरु मुख्यमन्त्रीसंग आर्कोशित भएको देखिन्थे । स्थानीयको तर्फबाट मुख्यमन्त्रीलाई वडाअध्यक्षले जनताको प्रशन राख्दै भन्नुभयो हामीलाई धुलो खुवाएरै राख्ने भइयो मुख्यमन्त्री ज्यू १

“धुलो खान थालेको २५ वर्ष भयो यहाँका जनता धुलो खाएरै मर्ने भए, हाम्रो सुनुवाई केही भएन, मुख्यमन्त्रीज्यू” काठेखोला गाउँपालिका–६ का वडाअध्यक्ष वृहस्पती शर्माले भन्नुभयो “अन्य सडकहरु दुई वर्षमा कालोपत्र हुन्छ यो बिहुँको सडक किन यस्तो भयो, यहाँका जनता आजित भए, माग सम्बोधन नभए माघ २१ गतेदेखि सडक ठप्प पाछौं ।” मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले माघ २१ गते भित्रै मध्यपहाडी पुष्पलाल लोकमार्ग अयोजना, निर्माण व्यवसायी र बिहुँका स्थानीयलाई राखेर कुरा गर्ने आश्वासन दिएपछि मुख्यमन्त्री आफ्नोबाटो लाग्नुभयो ।

“स्थानीयको मागलाई स्वभाविक रुपमा लिएको छु, अहिले बागलुङ भ्रमणमा छु, फर्केपछि समन्वय गर्छु,मेरो गम्भिर ध्यानाकर्षण भएको छ, यो विषयमा सम्बन्धीत आयोजनालाई बोलाएरै कुरा राख्छु” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

विकास निर्माणको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीयहरु निरन्तर आन्दोलित बन्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।

१२ किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुन ठेक्का आव्हान गर्ने तयारीमा आयोजना रहेपनि ढिलाईभएको भन्दै स्थानीयहरु आर्कोसित बनेका हुन् ।

बिहुँका स्थानीय दिवस कँडेलले काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न आन्दोलन गरेपछि आयोजनाले ठेक्का रद्द गरिएको थियो । पुन ठेक्काको माग गर्दै स्थानीयहरुले लोकमार्ग भएर आउने सवारीसाधनहरु पटक–पटक ठप्प पार्दै आएका छन् । ठेक्का रद्द गरेर पुन ठेक्काका लागि आयोजनाले दुई महिना अघिनै काम थालेपनि अर्थमन्त्रालयमा फाइल रोकिएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटर मध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रकृयामा छ ।

समस्या ग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधे सम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनी मध्ये बिहुँ खण्डको कम्पनीसंग दुई महिना अघि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

बागलुङको उपल्लाचौर देखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता मिति सकिएको छ भने घोडाबाँधे सम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसंगको ठेक्का सम्झौता रद्द भइसकेको छ ।

रद्द भएपछि पुन ठेक्का लागि अर्थमन्त्रालयमा पठाइएपनि ढिलाएको मध्यपहाडी पुपलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।

“निर्माण व्यवसायीको चरम लापरबाही भयो, उपल्लो खण्डको सम्झौता रद्द भयो, तल्लो खण्डमा अहिले काम रोकिएको छ” अधिकारीले भन्नुभयो “अर्थमन्त्रालयले आर्थिक सुनिश्चितता नगर्दा उक्त सडक झनै समस्या पर्ने देखियो, स्थानीयको माग अत्यन्तै जायज छ, उहाँहरु पीडामै हुनुहुन्छ, अर्थमन्त्रालयबाट स्विकृत भएर आएको भोलीपल्ट पुनठेक्का लगाउन सकिन्छ, आयोजता तयारी अवस्थामा छौं ।”

दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको ७ वर्ष सम्म कालोपत्रको काम नगर्दा बिहुँका स्थानीयले निरन्तर दबावमुलक काम गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *