बडिगाडका स्वास्थ्य शाखा प्रमुखलाई कालोमाेसो दल्ने गुरुङ पक्राउ

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई कालोमाेसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर गुरुङलाई जिल्लाको ताराखोला गाउँपालिका-१ भुस्कातबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकार एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयाे ।

गत माघ ७ गते बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख के.सी. घरबाट मोटरसाईकलमा कार्यालय तर्फ जाने क्रममा मोटरसाईकल रोकी गुरुङ नेतृत्वको समुहले कालोमाेसो दलेको थियो । कालोमोसो दल्ने लगायतको अपमानजनक, अमानविय र गैरकानूनी कार्य गरेको आरोपमा उनलाई नियन्त्रणमा लिईएको केसीले बताउनुभयाे।

प्रविण नाम बताउने उनलाई प्रहरीले खोजीरहेको थियो । उहाँलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट म्याद थप गरि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्ध (अभद्र व्यवहार) को कसूरमा मुद्धा चलाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *