पञ्चकोटमा गण्डकी सरकारको बैठक : गर्‍याे आठ निर्णय

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारले प्राण घातक रोगबाट पीडित बिरामी छनोट गरि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषद् बैठकले क्यान्सर र ब्रेन ट्युमर भएका ७० रोगीहरुको छनोट गरि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामति सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्व सहसचिव विदेन्द्रबहादुर हमाललाई नियुक्ती गर्ने निर्याण गरेको सुनाउनु भयो ।

उहाँले गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिसगरेको भन्दै समपुरक तथा विशेष अनुदान अन्तरगत आयोजना÷कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने गर्ने निर्णय भएको बताउनुभयो ।

प्रवक्ता अर्यालले प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्न स्वीकृत दिने भन्दै गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रदेशमा साझेदार फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेश गर्न स्वीकृत दिने निर्णय गरेको उहाँको भनाइ छ ।

अगामी फागुन ९ गतेदेखि २३ गतेसम्म पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञ हुँदै छ । जसका लागि आवश्यक सहयोग र सहभागिताको लागि प्रदेश सरकारले अनुरोध गरेको छ । बैठकमा स्वास्थ्यमन्त्री सुशिला सिंमखडाबाहेक अन्य मन्त्रीहरुको उस्थिती रहेको थियो । पञ्चकोटमा बैठकका लागि आउनु भएका मुख्यमन्त्रीसहितका मन्त्रीहरुलाई स्वामी कमलनाचार्यले स्वागत गर्नु भएको थियो । संघीयतापछि राजधानीबाहिर गण्डकी प्रदेश सरकारले पहिलो पटक मन्त्री परिषद्को बैठक बसेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *