पर्यटक आकर्षण गर्न उदय रिघा बुद्धविहारलाई व्यवस्थित बनाइँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्धविहारलाई व्यवस्थित बनाउन थालिएको छ । १२ वर्ष अगाडि निर्माण सुरु भएर गत बैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोत र साधानमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरि पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १५ लाख रुपैयाँमा रिघा बुद्ध विहारको तल थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्ना थालेको पाइन्छ । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब एक करोड लागतमा निर्माण भएको र यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनयोजन गरेपछि व्यवप आकर्षण र व्यवस्थित बनाउन थालेको गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई आर्थिक अभावका कारण सोचे अनुसार बनाउन नसकेको भन्दै विस्तारै सबै तिरबाट बजेट मागेर काम गरिरहेको उहाँको भनाइ छ ।

विहार क्षेत्रमा पर्यटक बढाउन प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैचा, पदमार्ग, पोखरी निर्माण गर्ने, पिकनिक निर्माण गर्ने योजना रहे पनि बजेट कम हुँदा काम गर्न नसकिएको उहाँको भनाइ छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैचा बनाउने र प्रतिक्षालय निर्माण गर्ने गरि योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउनुहुन्छ ।

“बजेट अभाव र विभिन्न कारणले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सफल भएका थियौँ, तर जुन प्रकारको बन्नु पथ्र्यो, त्यो अनुसारको कम मात्रामा भयो, बजेट पर्दैछ, अब विस्तारै भए पनि पूर्णता दिने प्रयास गरि रहेका छौँ,” अध्यक्ष श्रीसले भन्नुभयो – “यो ठाउँ अत्यन्तै पर्यटकीय संभावना बोकेको हुँदा बुद्ध विहारले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ, अहिले त्यत्ति व्यवस्थित भएको छैन तर पनि मासिक डेढ÷दुई सय पर्यटक आउने गर्नु भएको छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले उदय रिघा बुद्ध विहारलाई नगरपालिकाले वर्षेनी बजेट विनियोजन गर्दै आएको बताउनुभयो । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उहाँको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको भन्दै योसँगै अन्य धार्मिक पर्यटकीय गन्तव्यहरुमा पर्यटन संरचना निर्माणमा जोड दिएको भण्डारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “बुद्ध विहारलाई यस वर्ष प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गरेर सहयोग गरेको छ, हामीहरुले यसमा वर्षेनी लगानी गर्दै आएका छौँ, यो ठाउँमा निकै रमणिय रहेको हुँदा बाहिरबाट पनि धेरै पर्यटक आउने गरेका छन्, सडक अलिकति अप्यारो छ, यसको स्तरोन्नतीका लागि माथिल्लो तहका सरकारसँग सहकार्य गर्ने योजना बनाएका छौँ, केही वर्षमा यो ठाउँ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने निश्चित छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *