लहरेपिपल माबिको संस्थापक लिखित दस्ताबेज अनुसार हुनुपर्ने माग


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयको संस्थापक विवाद उत्कर्षमा पुगेको छ ।

शैक्षिक यागदनाको कदर गर्नुको सट्टा बिभेद गरेर संस्थापक फेरेको भन्दै बागलुङ नगरपालिका वडा नं. ६ का बालकृष्ण आचार्यले बिद्यालयको दस्तावेज सच्याउन माग गर्दे आउनुभएको छ । आचार्यले आफ्ना बाबु इन्द्रलाल आचार्य संस्थापक भएको लिखित दस्ताबेज हुँदाहुँदै लहरे पिपल माबिले स्थानीय धनपति उपाध्यायलाई संस्थापक घोषणा गरेको भन्दै आफ्ना पिताको इतिहास मेटाउन खोजिएको टिप्पणी गर्नूभएको छ ।

आचार्यले बिद्यालयको सबैभन्दा पुरानो कागाजतमा आफ्ना बाबु इन्द्रलाल आचार्यले विद्यालय स्थापना गरेको देखिएपनि विद्यालयले लिखित दस्तावेद्धलाई लत्याएर नयाँ संस्थापक खडा गरेको बताउनुभयो ।

२०१५ सालमा स्थापना भएको यो बिद्यालयमा २०१९ सालमा शिक्षा बिभागले गरेको अनुगमनमा विद्यालयको अध्यक्षमा अध्यक्ष इन्द्रलाल भएको कागजात छ ।

“२०१९ सालमा शिक्षा विभागको अनुगमन गरेको प्रतिवेदन देखाउदै बालकृष्ण आचर्याले बुबाले गरेको शैक्षिक योगदानको इतिहास मेटाउन नहुँने हो, न्यायका लागि अदालत सम्म पुगे अदालते शिक्ष विकास तथा समन्वय इकाईले तत्कालै लिखित प्रमाणका आधारमा संस्थापक छुट्टाउन भनिएको छ” आचार्यले भन्नुभयो “विद्यालयको स्वार्थका आधारमा संस्थापक बनाउदा अन्याय भएको महशुस भएको छ, अब न्यायका लागि कहाँ जानु, लिखित प्रमाणले संस्थापक हाम्रो बुबा नै भएको देखाउछ ।”

बिद्यालयले भने संस्थापक धनपति उपाध्याय भएको भन्दै बिद्यालयको बिशेषांक स्मारिका निकालेको छ ।

उक्त बिशेषांकमा लेखिएको कुरा पुराना र बिद्यालयका पूर्व अध्यक्षहरुको भनाइको आधारमा लेखिएको प्रधानाध्यापक कृष्णप्रसाद सुवेदील बताउदै आउनुभएको छ । उहाँले २०६२ सालमा बिद्यालयको स्मारिका प्रकाशत भएकोले त्यतिबेला लिखत प्रमाण नभएपनि पुरानाहरुले भनेको आधारमा लेखिएको हुन सक्ने सुवेदीको भनाइ छ । “कतिपय कागजात नष्ट भएको पनि हुन सक्छ, स्मारिका म नआउदै निस्केको थियो, मैले उक्त दस्तावेदका आधारमा संस्थापक मानेको हुँ” उहाँले भन्नुभयो “स्मारिका प्रकाशन गर्दा भएका कागजात धुलाई भएर यो दस्तावेज मात्रै बाँकी रहेको हो, स्मारिकामा पुरानो दस्तावेद छापिएको देखिएन ।”

आचार्यले भने आफ्ना बाबु अध्यक्ष भएको समय भन्दा अगाडि भएको कुनैपनि लिखत नभेटिएको बताउनुभयो । उक्त प्रमाण सहित उनले उच्च अदालत बागलुङमा रिट समेत दिएका दिनुभएको थियो । २०७४ सालमा उच्च अदालतका मुख्य न्यायाधिस शेषराज शिवाकोटी र न्यायाधिस हरिप्रसाद पौडेलको संयुक्त इजलासले बिद्यालयलाई उत्प्रेषण युक्त परमादेश जारी गरेर लिखित प्रमाण हुँदाहुँदै मौखिक प्रमाणलाइ विश्वास गर्न नसकिने उल्लेख गरेको छ । बिद्यालय खोल्दाका कागजात भए नभएको खोजी पत्ता लगाउन र लिखित कागज बिनै बोलीप्रमाण नहुने समेत अदालतको परमादेशमा उल्लेख छ ।
अदालतको आदेशलाई समेत सम्बन्धीत निकायले वेवास्ता गरेको आचार्यको भनाई छ ।

यो बिद्यालयमा २०१९ साल फागुन २२ गते आएका बि.जि.सि.नी ले अनुगमन प्रतिवेदनमा बिद्यालयमा १ सय ९४ रुपैयाँ ऋण लागेकोले चन्दा संकलन गरेर भएपनि ऋण तिर्न निर्देशन दिएको, सरसफाइमा ध्यान दिन आग्रह गरेको तथा कक्षा अनुसार बिद्यार्थी संख्याको उल्लेख गरेको प्रमाण छ । उक्त कागजमा अध्यक्षको रुपमा आचार्यले हस्ताक्षर गरेका छन् । त्यही कागजातका आधार मान्दा संस्थापकमा बुबा आचार्य हुनेभएपनि विद्यालयले २०७२ सालमा आएर मात्रै धनपतीलाई संस्थापक मान्दै आएकोमा आफूले विरोध गर्दै आएको बताउनुभयो ।

संस्थापकको खोजीमा हिडेका आचार्यले बिद्यालयको इतिहास मेट्न नहुनबताउनुभयो । । उनले पत्रकार सम्मेलनमा पत्रकारले उठाएको जिज्ञाशामा केही पाउन भन्दा पनि दुःख गरेका हरुको इतिहास मेट्न नहुनेमा हिडेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *