धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

आदर्श अनलाइन, बागलुङ
राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताउनुभएको छ । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तीक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताउनुभएको छ ।

बिहीबार बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्त श्री ब्रामाण्डीय महायज्ञलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताउदै पाँच कोटको संगम स्थलमा यो वृहत संरचना देखेर आफू खुसी लागेको बताउनुभयो ।

“धौलागिरि क्षेत्र आफैमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धाम संगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालग्राम संग्रहालय आएको थिए, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाए” राष्ट्रपति पौडेलले भन्नुभयो “कुडुँलेमा सवालाख शालग्राम दर्शन गरेको थिए, अहिले यो पवित्र भूमि पञ्चकोट आउदा आफूलाई खुसी लागेको छ, महायज्ञले धार्मिक प्रसार मात्रै गरेको छैन, जल संम्पदा, संकटमा रहेको शालग्रामलाई जोगाउन थालेको छ ।”

संस्कृत, परम्परा, मुल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उहाँले नेपालका नदीहरु पवित्र रहेको बताउनुभयो ।

“यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकहरुको भीड लागेको देखेको छु” उहाँले भन्नुभयो “पञ्चकोटले धार्मिक पर्यटक भित्राएर आयआर्जन बढाउदै समृद्ध बागलुङ बनाउन सहयोग पु¥याउनेछ ।”

महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने उहाँको भनाई थियो । सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ ९ गतेदेखि सञ्चालित छ ।

पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि नवलपारासीको त्रिवेणीधामसम्मका नौ वर्षीया एक सय आठ कन्याबाट बुधबार महायज्ञको शुभारम्भ गरिएको थियो ।

नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्नुभएको थियो । विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर सो महाघण्ट पञ्चकोटमा स्थापित गरिएको छ ।

त्यसैगरी महायज्ञ अन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञहरुका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । महायत्रमा संकलन भएको रकमले पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माण लाई पूर्णता दिइने छ । हाल सम्म पञ्चकोटमा रु. ५० करोड भन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *