अर्थतन्त्र निराशाको मोडमा छैन–अर्थमन्त्री महत

आदर्श अनलाइन, बागलुङ
अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाको मोडमा नभएको बताउनुभयो । शुक्रबार बागलुङको पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्राह्माण्डी महायज्ञको अवसरमा आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदान सम्बन्धी सम्मेलनलाई सम्बोधन सुधारमा धेरै देशको अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको बताउनुभयो ।

अर्थतन्त्रका सूचकहरु सहि रुपमा संचालन भइरको भन्दै बाहिर नकरात्म प्रचार गरेको मन्त्री महतको भनाइ छ । देशको अर्थतन्त्र संकटमा भएको बेला आफूले सम्हालेको सुनाउँदै निकै मेहनतपछि अहिले निराश हुनु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । आर्थिक क्षेत्रहरु चलायमान हुन थालेको मन्त्री महतको भनाइ छ ।

“बैंक व्याजदर घटेको छ, मूल्यवृद्धिको दर घटेको छ, अरु धेरै सूचकहरु हेर्दा, अर्थतन्त्रको सुधार भएको देखिएको छ, संकटमा मैले सम्हाले, अहिले पनि निरन्तर अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन प्रयत्न गरि रहेका छौँ, अहिले नकरात्मक प्रचार गरेका छन्,” मन्त्री महतले भन्नुभयो – “नेपालमा नराम्रा कुराको बढी प्रचार हुने गरेको छ, यहाँ यति धेरै संभावना छ, हरेक नागरिकले सकरात्म सोच्नु पर्छ, सबै यहीँ गर्न सकिन्छ भन्ने दृष्टिकोण राखेर काम गरियो भने सबथोक यहीँ छ ।”

अर्थमन्त्री महतले पछिल्लो समय पर्यटन क्षेत्र चलायमान भएसँगै बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदा अर्थतन्त्र सुधारमा थप टेवा पुगेको बताउनुभयो । हरेक नेपाली नागरिकले आफ्नो देशलाई माया गरेर सकरात्म सन्देश दिनु पर्नेमा जोड दिनुभयो । पर्यटन र जलविद्युतमा अथाहा संभावना रहेको हुँदा रोजगारी सृृजना गर्नतर्फ सरकारको ध्यान गइरहेको उहाँको भनाइ छ ।

वैदिक सनातन हिन्दु धर्म नेपालीको मौलिकता भएको भन्दै यो धर्मबाट कोही पनि यताउता गर्न नहुँनेमा उहाँले जोड दिनुभयो । पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा भएका संरचनाको विकासको प्रशंसा गर्दै पञ्चकोट धार्मिक गन्तव्य हुने बताउनुभयो । पञ्चकोट क्षेत्रको सडक, खानेपानीमा लगायतका विकासको क्षेत्रमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

स्वामी कमलनयनाचार्यले जल, जमिनको संरक्षण गरि विकास निर्माण लाग्न आग्रह गर्नुभयो । जल रहे मात्रै सिंगो मानव जीवन रहने हुँदा राज्यले यस तर्फ गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले अर्थमन्त्रीमार्फत वैदिक सनतान धर्मको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *