पञ्चकोटमा धार्मीक पर्यटकको घुइचो


खेमराज गौतम, बागलुङ
बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा दर्शनार्थीको भीड लागेको छ । जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा देशभरबाट भक्तजनहरु पुग्न थापलेपछि पञ्चकोटमा दर्शनार्थीको थेगी नसक्नु भीड भएको हो । फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउदै पछिल्ला दिनहरुमा दर्शनार्थीको भीड नै लागेको हो । दैनिक तीन देखि १० हजार दर्शनार्थी आउने महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थीहरु पञ्चकोट आएका थिए ।

सर्वसिद्धीधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालका अनुसार पञ्चकोटमा शनिबार मात्रै ३० हजार बढी दर्शनार्थीहरु आएको आकलन गरिएको बताउनुभयो । शनिबार ट्राफिक जाम हुँदा सबैदर्शनार्थीहरु पञ्चकोट पुग्न समस्या भएको उहाँको भनाई छ । फागुन ९ गतेदेखि दर्शनार्थीहरु आइरहनुभएको थियो तर शनिबार हाल सम्मकै उच्च दर्शनार्थीहरु आउनुभएको उहाँको भनाई छ । बिदाको दिन पर्नु र सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को उपस्थिति समेत रहेको ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीहरुको थेगी नसक्नु भीड रहेको पाइएको उहाँको भनाई छ ।

“धार्मिक कार्यमा आएका भक्तजनहरुको कुनै गण्ना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोट सम्म सवारीसाधनको लावा लस्कर थियो” अध्यक्ष शास्त्रीले भन्नुभयो “३० देखि ५० हजार सम्म दर्शनार्थी एकै दिन आएको हाम्रो अनुमान छ, पञ्चकोटमा सयौको संख्यामा आएको बस, कार, भ्यान र मोटरसाईकललले समेत अधिक संख्या त्यहाँ आएको पुष्टी गर्दछ ।”

ट्राफिक जामका कारण सबै दर्शनार्थीहरु पञ्चकोट पुग्न नपाएको गुनासो समेत आएका उहाँको भनाई छ । पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ ।

महायज्ञमा फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र शनिबार प्रधानमन्त्री पुष्प कमल दाहाल आइसक्नुभएको छ । महायज्ञमा नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशसरण महत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत विशिष्ट व्यक्तित्वहरु आइसक्नुभएको छ ।

२३ गते सम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली लगायत राजनैतिक दलका शीर्ष नेताहरु आउने कार्यक्रमहरु समेत रहेको अध्यक्ष शास्त्री दाहालको भनाई छ ।

जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरि धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्राह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीहरुको ट्राफिक व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो ।

महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरकफरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ । बागलुङको बागलुङको पश्चिम बडिगाड गाउँपालिका–२ खर्बाङमा रहेको त्रिभुवन नमूना माध्यामिक विद्यालयको बस ट्राफिक जाममा परेर पञ्चकोट नगई फर्किएको खर्वाङका पत्रकार कमल पौडेलले बताउनुभयो ।
४७ जना विद्यार्थी सहितको समूह शनिबार पञ्चकोट तर्फ हिडेपनी बस पास हुन नसक्दा लहरेपिपलबाट फर्किएको बताउनुभयो ।

“विद्यालयको बसमा हाम्रो विद्यार्थी सहितको समूह थियो, घण्टौ ट्राफिक जाममा परियो, हामी मात्रै हैन सयौ धार्मिक पर्यटकहरु ट्राफिक जामका कारण पञ्चकोट नगई फर्किएको देखे” पौडेलले भन्नुभयो “विद्यार्थी समयमै घर पु¥याउने भएपछि हामी फर्किएका थियौ, चितवन, नवलपुर, काठमाण्डौ लगायतका क्षेत्रबाट आएका धार्मिक पर्यटकहरु तीन घण्टा सम्म जाममा पर्नुभएको थियो, पञ्चकोट पुग्ने दर्शनार्थीहरुलाई प्रयाप्त पार्कीङको सुविधा आवश्यक देखियो ।” महायज्ञको अवसरमा आइतबार कला र शाहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकहरुको संख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले बताउनुभयो । तस्विर शौजन्य राजु शर्मा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *