पञ्चकोटले मानवता र मातृत्वको भावनालाई संस्थागत ग¥यो : एमाले अध्यक्ष ओली


खेमराज गौतम, बागलुङ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनलाई थप बलियो बनाउदै लगेको बताउनुभयो ।

धार्मिक तोपोभूमिका रुपमा दामोदर कुण्देखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले मानवीय भावनलाई थप एकता गराएको बताउनुभयो । उहाँले देश प्रतिको मायालाई प्रगाड बनाउन पञ्चकोटले मद्दत गरेको बताउदै मातृभूमिको महत्व जगाउन पञ्चकोट काफी भएको बताउनुभएको छ ।

आज बागलुङ नगरपालिका–६ पञ्चकोटमा फागुन ९ गते देखि सञ्चालीत अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले धौलागिरी क्षेत्र एक पवित्र धार्मिक तपोभूमी रहेको बताउदै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एक आपसमा जोड्न सकेको बताउनुभयो ।

“दामोदर कुण्ड, मुक्तिनाथ, त्रिवेणीधामलाई पवित्र कालीण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि पञ्चकोटमा विशाल महायज्ञ आयोजना भयो, यती ठूलो महायज्ञ सम्पन्न गरेकोमा यहाँका संकल्पकर्ता र स्थानीयलाई धन्यवाद दिन चाहान्छु” अध्यक्ष ओलीले भन्नुभयो “यहाँका स्थानीयको मानवीय भावना र मातृत्वलाई संस्थागत गर्न पञ्चकोटले ठूलो योगदान पु¥याएको पाए, पञ्चकोटले पवित्र कालीगण्डकी, शालग्राम शिला, ब्रम्हाण्डको संरक्षणका लागि महायज्ञ आयेजना गर्नु आफैमा शन्देशमुलक छ ।”

धर्मको नाममा अन्य राष्ट्रमा भइरहेको अत्याचार, हिंसा र अपराधलाई निरुत्साहित गर्दै नेपाली समाज मिलेर बसेको बताउदै अध्यक्ष ओलीले नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एक आपशमा मानवीय भावना पैदा गरेको बताउनुभयो । एउटा व्यक्तिको संकल्पनमा पञ्चकोटमा विशाल संरचना तयार भएको भन्दै स्वामी कमलनयनाआचार्यको प्रशंसा गर्नुभएको थियो ।

उहाँले पञ्चकोटको पूर्वाधारका लागि संघीय सरकारले बिनियोजन गरेको रु. १० करोड बजेट पठाउन आफुले पहल गर्ने बताउनुभयो । अध्यक्ष ओलीले २०७१ फागुन ९ गते पञ्चकोटमा निर्माण गर्न थालिएको १०८ फिट अग्लो विश्वशान्ति कलशको शिलान्यास समारोहमा सहभागी भएर संस्थापक सदस्य समेत हुनुभएको स्वामी कमलनयआचार्यले जानकारी दिनुभयो । उक्त कलशको शिलान्यास भने पूर्व प्रधानमन्त्री शुसिल कोइरालाले गर्नूभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले स्वामी कमलनयनाचार्यले पञ्चकोट गृह जिल्लामा मात्र नभएर मुस्ताङ, म्याग्दी सहितका दर्जनौ जिल्लामा धार्मिक पूर्वाधार निर्माण गर्दै हिड्नुभएको बताउनुभएको थियो । नेता पौडेलले पञ्चकोटले धार्मिक पर्यटकहरुलाई बढाउन सहयोग गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *