कुडुँले–मालिका–पञ्चकोट सडक कालोपत्र गर्न थालियो

आदर्श अनलाइन, बागलुङ

यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण थालिएको चक्रपथ सडक ढिलोगरी कालोपत्र थालिएको छ । ठेक्का सम्झौता गरेको चार वर्ष सम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलोगरी निर्माण व्यवसायीले कालोपत्र गर्न थालेको छ ।

दुई वर्ष भित्रै कालोपत्रे सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक बल्ला कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्नेगरी कुडुँले चोक देखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलोपमिटर सडकमा कालोपत्रको काम थालिएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले चोक देखि मालिका–पञ्चकोट पुग्ने क्षत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्क बिहिन भएको ठेकेदार एक वर्षपछि काममा फर्केर कालोपत्र गर्न थालेको छ । तीन पटक सम्म सम्झौता मिति थप्दा बल्ल कालोपत्रको काम थालेको हो । अलपत्र परेको सडक कालोप गर्नथालेपछि यहाँका स्गानीय खुसी भएको बागलुङ नगरपालिका–५ का स्थानीय तथा पूर्व जनप्रतिनिधि शिव सापकोटाले जानकारी दिनुभयो ।

पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्क बिहिन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बन्दा यहाँका आक्रोशित जनता कालोपत्रको काम थालेपछि खुसी भएका छन् । सडक कालोपत्र भएपछि पञ्चकोट जनो तिर्थालुलाई समेत सहज हुने छ ।

चार वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि माघदेखि काममा फर्केर कालोपत्रको काम प्रारम्भ गरेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउदा समेत काममा नफर्केपछि पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधि बीच चैत भित्रै कालोपत्र गर्ने प्रतिबद्धता जनाएलगत्तै सडकको कामले गति लिएको हो । प्रतिबद्धता अनुसार निर्माण व्यवसायीले सडक कालोपत्र गर्न मालिका खण्डमा बिटामिन खनाइरहेको बताउनुभयो ।

“पुस ३ गते गरेको सहमती लगत्तै सडकको कामले गति लिएको पाइयो, गत महिनामा उक्त सडकको पाङ्ग्रेखोलामा सय मिटर सडक ढलान गरेको थियो, ग्राभेल सकेर निर्माण व्यवसायीले मालिकाबाट कालोपत्र गर्न थालेको छ” घिमिरेले भन्नुभयो “सम्झौता मिति समेत यही चैत सम्म मात्रै रहेकाले निर्माण व्यवसायीले गतिका साथ काम थालेको हो, यो निर्माण व्यवसायका लागि अन्तिम मौका हो ।”

तीनपटक सम्म म्याद थप्दा समेत सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेपछि एक वर्षपछि काममा फर्केको थियोे । गण्डकी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत रु. ३१ करोड लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको हो ।

७६ प्रतिशत भौतिक प्रगती भएको उक्त सडकमा कालोपत्रको मात्रै काम बाँकी रहेकोमा चैत मसान्त भित्रै कालोपत्र गरिसक्ने निर्माण कम्पनीका फिल्ड इन्चार्ज रविन चापागाइले बताउनुभयो । कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालापत्र गर्नका लागि तत्कालिन गण्डकी प्रदेशसभा सदस्यको सिफारिसमा बजेट बिनयोजन भएको थियो ।

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र शुरु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *