गलकोट नगरपालिकाले मनायो सातौँ स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिकाले सातौँ स्थापना दिवस भव्य रुपमा मनाएको छ । स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरेर विकास निर्माणमा लाग्नु पर्ने बताउनुभयो ।

गलकोट ऐतिहासिक क्षेत्र भएको हुँदा यहाँ थुप्रै संभावना रहेको बताउनुभयो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा गलकोट नगरपालिका अब्बल बन्दै गएको भन्दै नागरिकको माग र आवश्यकता अनुसार विकास निर्माणमा जोडिनु पर्ने उहाँको भनाइ थियो । धार्मिक तथा पर्यटनको माध्यममार्फत समृद्ध हासिल गर्न सकिने भन्दै साना योजना पालिकाबाटै र ठूला योजनाका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापा स्थानीय पालिका जनताको घरदैलोको सरकार भएको हुँदा जनभावना अनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो । जनप्रतिनिधिबाट जनताले धेरै अपेक्षा गरेको हुँदा उनीहरुको आश मर्न नदि नहुने थापाको भनाइ छ । गलकोट नगरपालिकाले बागलुङमा अन्य पालिकाको तुलनामा फरक ढंगले काम गर्दै आएको प्रमुख थापाले बताउनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थम्मन सिंह गौतम, नेपाली कांग्रेस गलकोट नगर सभापति बिरजंग भण्डारी, नेकपा एमाले गलकोट नगर इन्चार्ज तिलक उप्रेती, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर सभापती राजेन्द्र बहादुर पुन, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट नगर कार्यपालिका सदस्य टुक कुमारी श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका गलकोट नगर अध्यक्ष राम बहादुर खत्री, जनजागृती माद्यमिक बिद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सातौं नगर स्थापना दिवसको अवसरमा नगरपालिकाले उत्कृष्ट पत्रकारका रुपमा डम्मर बुढा मगर, उत्कृष्ट करदाता केहरसिंह खत्री, उत्कृष्ट कृषक लाल बहादुर खत्री, दान बहादुर श्रीस, भलिबल खेलाडि सन्तोष बिक, उत्कृष्ट कर्मचारी गलकोट नगर अस्पतालका डाक्टर राजेश पौडेल, नगरपालिकाका कर्मचारी बाबुराम शर्मा, सहायक कर्मचारी शर्मिला थापा, घुम्टे पत्रकारीता २०८० बाट बिर बहादुर चोखाल, उत्कृष्ट प्रधानाध्यापक जनजागृती माद्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकी, उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका शाबित्रा पुन, कला संस्कृति तर्फ संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर ८ काँडेबास, मूर्तिकार ओम खत्री, उत्कृष्ट कलाकार ईश्वर सिंह, लक्ष्मी मल्ल, नविन राना, रेशम निर्दोश, शिक्षा क्षेत्र प्राज्ञिक व्यक्तित्व डाक्टर टिकाराम गौतम, सामाजिक संस्था गलकोट समाज जापानलाई नगरपालिकाले सम्मान गरेको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिकाको प्रगति प्रतिवेदन, नगरपालिकाको भावी योजना, समस्या एवं चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नगर स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समुह तथा व्यक्तिलाई पुरस्कार वितरण गरिएको थियो त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका कर्मचारी र संस्कृती संरक्षण मञ्च काँडेबासले नृत्य प्रस्तुती गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी हेमन्तको स्वागत र नगर शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *