कालिका मन्दिरमा फागुनमा मात्रै ३५ लाख भेटी संकलन


आदर्श अनलाइन, बागलुङ
नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिरमा एक महिनामा ३५ लाख भेटी संकलन भएको छ । मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाब किताब सार्वजनिक गर्दै आएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुन महिनामा रु.३५ लाख ११ हजार ५३५ भेटी संकलन भएको बताउनुभयो । जसमध्ये नगद, सहयोग रसिद र विक्रि गर्न मिल्ने जिन्सी सामान र बस्तुबापत उक्त रकम संकलन भएको हो ।

फागुन महिनामा कालिका मन्दिरबाट भेटि बापत नगद रु.१९ लाख ८१ हजार १००, चामल बिक्री बाट रु. ५४ हजार ९०००, बोकाबाट रु.१ लाख ३० हजार ६००, कुखुराबाट रु.७ हजार २००,राँगा बाट २ हजार, भाडा रु.३ लाख १४ हजार ४ सय, विवाहबाट रु.१० हजार ५०० आर्थिक सहयोग रु. ३ लाख ४२ हजार ४८५, परेवा बिक्रीबाट रु.६ लाख ५५ हजार २ सय ५०, ब्रतबन्ध रु. ९००, पण्डितबाट रु. १२ हजार २०० गरी रु. ३५ लाख ११ हजार ५३५ रकम आम्दानी भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यस्तै फागुन महिनामा रु. २७ लाख ३६ हजार ८ सय ९० खर्च भएको छ । फाुगन महिनामा भएको भेटी संकलनमा खर्च घटाउदा फागुन महिनामा रु. ७ लाख ७४ हजार ६ सय ४५ बचत भएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै खर्च तर्फ तलब रु.३ लाख ९७ हजार ८००, बिधुत ५२ हजार ८ सय, अतिथि सत्कार रु. ६७ हजार आर्थिक सहयोग रु. १५ हजार, पुर्वाधार विकास तथा निर्माण रु.२१ लाख ६ हजार, पोशाक छपाई २१ हजार खाध्यान्न तथा आवास ५४ हजार, विज्ञापन ३ हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु.१६ हजार ९०० खर्च भएको हो । संकलन भएको भेटीबाट कालिका मन्दिरमा भौतरीक पूर्वाधारमा ठूलो खर्च भइरहेको छ ।

कालीका गुठी ब्यवस्थापन समिति बागलुङले हरेक बर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दशै मेला आयोजना गर्दै आएकोमा यसपटक यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी थालेको व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *