बरेङमा घरमा सुत्केरी हुने शून्य

डम्मर बुढा मगर, बागलुङ
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा छ । बरेङ गाउँपालिका छरिएका बस्ती र स्वास्थ्य संस्थाहरुको सहज पहुँच नहुँदा दुई वर्ष अगाडिसम्म गर्भवती महिलाहरु घरमै सुत्केरी हुने गर्थे । तर पछिल्लो समय बरेङमा ‘होमडेलिभरी’ हुने पालिकामा पर्छ । पालिकाको ठाउँ–ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा विस्तार गरेसँगै ‘होमडेलिभरी’ शून्यमा झरेको हो । भर्गवती महिलालाई स्वास्थ्य स्वयंसेविकाहरुले घर–घरमै पुगेर सचेत बनाउनेसँग समय–समयमा गर्भ परीक्षण गराउने थालेपछि मातृ शिशु मृत्युदर पनि कम भएको हो ।

पहिलेको तुलनामा महिलाहरु शिक्षित र सचेत बन्दै गएपछि स्वास्थ्य संस्थामै सुत्केरी हुनु पर्छ भन्ने चेतनाको वृद्धि भएपछि ‘होमडेलिभरी’ शून्यमा झरेको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनुभयो । हरेक महिना स्वास्थ्य स्वयंसेविका गर्भवती महिलाको घर–घरमा पुग्ने र गर्भ परीक्षणका बारेमा जानकारी गराउने गरेको उहाँको भनाइ छ । गाउँपालिकाले पनि समय–समयमा गर्भवती महिलालाई स्वास्थ्य सम्बन्धि जनचेतामुलक कार्यक्रम गर्ने गरेको भन्दै स्वास्थ्यकर्मी पनि घरमै पुगेर सचेत गराउने गरेको प्रमुख पुनले बताउनुभयो ।

“पहिलाको जस्तो घरमै सुत्केरी हुने चलन छैन, तर कहिलेकाहीँ एक÷दुई जना स्वास्थ्य संस्थामा आउन ढिला गर्दा घरमै सुत्केरी भएको पाइन्छ, तर पछिल्लो दुई वर्ष यता त्यसरी घरमै सुत्केरी भएको छैन, हामीहरुले हरेक महिना स्वास्थ्य स्वयंसेविका, स्वास्थयकर्मी, नर्सिङ कर्मचारी गर्भवती महिलाको घरमा पुग्नु हुन्छ, स्वास्थ्य परीक्षण गर्नुहुन्छ, र स्वास्थ्य संस्थामै आउन भन्नुहुन्छ” पुनले भन्नुभयो – “आमा समूहको बैठक पनि हुन्छ त्यहाँ पनि भर्गवती महिलाहरुलाई सचेत गराइन्छ, हरेक महिना स्वास्थ्यचौकी भिडियो एक्सेरेसमेत गरे आमा र बच्चाको अवस्था पनि बुझ्ने गरिन्छ ।”

भिडियो एक्सेरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा जटिलता देखियो भने बाहिरी अस्पतालमा जानका लागि गाउँपालिकाले पाँच हजार भाडा दिने गरेको उहाँको भनाइ छ । पुनले हरेक गर्भवतीलाई वर्थिङ सेन्टरमा आउने जाने भाडासमेत दिने गरेको बताउनुभयो । दूरीका हिसाबले नजिकलाई एक हजारदेखि टाढाकालाई तीन हजारसम्म भाडा उपलब्ध गराउने गरेको पुन बताउनुहुन्छ ।

बरेङ गाउँपालिकामा ५ वटा वडा छन् । पाँच वडामा पाँच वटा स्वास्थ्यचौकी र पाँच वटा सामुदायिक स्वास्थ्य इकाई स्थपाना गरेर सेवा दिन थालेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्यानका लागि स्वास्थ्य चौकी टाढा भएका स्थानीयलाई लक्षित गरि सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याएको उहाँको भनाइ छ ।
पाँच वटा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएको उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक टाढा नहोस् भन्ने हिसाबले वर्षेनी स्वास्थ्य क्षेत्रमा करोडौँ लगानी गरेको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *