चैते दशैलाई सजाइदै कालिका मन्दिर, उपसमिति गठन


खेमराज गौतम, बागलुङ
ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ ।
चैत्र ३० गतेबाट आयोजना गरिने ३०० वर्ष पुरानो चैतेदशैलाई लक्षित गरी कालिका मन्दिर पुग्ने पदमार्गमा विद्युतीय लाईट तथा रङ्गीचङ्गीका लाईट जोड्न थालिएको छ ।

कालिका भगपती गुठी व्यवस्थापन समितिले रु. २५ लाख खर्चेर घना जंगलको बीचमा रहेको पदमार्गलाई झिलिमिल बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ ।
२१ वटा सविद्युतको पालेलमा लाईट राख्ने पोल तथा रुखमा विद्युतका लाईट जोड्ने कार्य भइरहेको छ ।

सामान्य उजलोका लाइटहरु जोडिएको भएपनि जंगलमा हावाहुरी लाउदा विद्युत अवरुद्ध हुँने भएकाले चैतेदशैबाट शुरुवात गर्नेगरी भूमिगतरुपमा विद्युतकिरण गरिएको बागलुङ कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
“चैतेदशै यहाँको ऐतिहासिक मेला हो, चैदेदशैको अवसरमा कालिका मन्दिरमा सर्वाधिक भक्तजनहरु आउने गर्दछन्, भक्तजनहरुको आगमनलाई मध्यनजर गर्दै अत्याुधनिक सिसि क्यामेरा जडान गर्ने, भक्तजनहरुको संख्या गणना गर्ने क्यामेरा जडान गर्नेकार्य सकिएको छ, अहिले कालिका मन्दिर प्रवेशद्वारदेखि कालिका मन्दिर सम्मको १ किमि पदमार्गमा विद्युतीकरण गर्न थालेका छौं, सामान्य उज्यालो मात्रै नभएर अत्याधुनिक विभिन्न कलरका लाईटले रातको समयमा समेत पर्यटकहरुलाई थप आर्कर्षित गर्ने लक्ष्य लिइएको छ ।”

कालिका मन्दिर परिसरका रुखमा लिपपोत समेत गरिएको उहाँको भनाई छ । कालिका मन्दिरमा आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै सिसि क्यामेरा जडान भइसकेको छ । चैत दशैंका अवसर बागलुङमा आयोजना गरिने चैते दशैं मेलाले स्थानीय सामाग्रीको व्यापारमा ठूलो राहत दिदै आएको छ । चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा चल्ने चैतेदशै मेलामामा सर्वाधिक पुरस्कार राशीको कालिका कप, राष्ट्रिय लोक दाहोरी गीत प्रतियोगिता लगायत रमाइलो मेला आयोजना गर्न थालिएको छ ।

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक स्थलको रुपमा रहेको कालिका मन्दिरमा यसपक चैत्राष्टमी मेला एक हप्ता सम्म मनाउन थालिएको र तइसका लागि स्वरुप पदमार्गमा विद्युतीकरणको कार्य गर्न थालिएको हो ।

‘गन्तव्य बागलुङ कालीकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, ब्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ चैते दशै मेलाका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
मेलाको अवसरमा कालीका कप खुला भलिबल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यान लगायतका कार्यक्रम समावेश गरिएको छ । बागलुङ सदरमुकाममा ३०० वर्ष देखि चल्दै आएको चैते दशै मेलामा वर्षेनी पाँच लाख धार्मिक पर्यटक भित्रिदै आएका छन् ।

चैते दशैंकको अवसरमा बोका, हाँस, कुखुरा, राँगो सयौंको संख्यामा बलि दिने चलन छ । ऐतिहासिक रूपमा हुँदै आएको चैते दशैं मेलामा विगतमा भन्दा यो वर्ष धेरै धार्मिक पर्यटक भित्राउने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताउनुभयो ।

उपसमिति गठन
ऐतिहासिक चैते दशै मेला भब्य र सभ्य रूपमा सफल बनाउन बागलुङ कालिका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको मूल आयोजकत्वमा बिभन्न उपसमिति गठन गरिएको छ ।
चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्कालाइ भलिबल संयोजक, उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयोजक, कोषाध्यक्ष रामबहादुर खड्कालाई आर्थिक स्टल र स्वयंसेवक संयोजक, बिद्या खड्का र गीत खड्कालाई अतिथि सत्कार संयोजक, ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयोजक, राजेन्द्र शाक्यलाई रथ यात्रा संयोजक, राजीन खड्कालाई रमाइलो मेला संयोजक, डम्बर खड्का र डम्बर थापा मन्दिर पुजा संयोजक, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी प्रचारप्रसार संयोजक र कानुनी सल्लाहकार संयोजकमा राम शर्मालाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. २ लाख पुरस्कार र दृतिय हुने टिमलाई नगद रु. १ लाख र तृतीय हुनेलाइ नगद ५० हजार र उत्कृष्ट स्वर हुने महिला पुरूष तथा उत्कृष्ट भेषभूषा महिला पुरूषलाइ नगद ५ / ५ हजार नगद पुरस्कार प्रदान गरिने कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।


यस्तै सर्वाधिक राशीको कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ३ लाख द्वितीयत हुने टिमलाई रु. १ लाख ५० हजार र तृतीय हुने टिमलाई नगद रु. १ लाख, सर्वाेकृष्ट खेलाडी र अनुशासित खेलाडीलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने छ ।


अन्तर माबि स्तरीय कक्षा १० सम्मका सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने बिद्यालयलाइ नगद २० हजार द्वितीय हुने लाई १० हजार तृतीय हुने लाइ ५ हजार र सान्त्वना पुरस्कार २ हजार ५ सय रहेको छ । यस्तै छेलो प्रतियोगितामा प्रथम हुनेलाइ ११ हजार १ सय ११ रूपैयाँ र द्वितीय हुनेलाइ ५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *