तीन सय वर्ष पुरानो ‘फागु गीत’ बागलुङमा संरक्षण


खेमराज गौतम, बागलुङ


मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो…..
औँला काटी कलम बनावे । रगत के मसिया बनावे…. यै हो ।।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो….
छाला काटी काजत बनावे । विरहको चिट्टी लेखी भेज्यो…यै हो
हाय हाय विरह को चिठ्ठी लेखी भेज्यो सखियाँ
धड्कन लाग्यो छाती हो……

हरेक बर्ष फागु पुर्णीमाको अवसमार बागलुङ बजारको नारायणचोकमा घन्कने फागु गित हो यो । यहाँका युवा पुराना पुस्ताको नासो संरक्षणमा लागेका छन् । फागु गीतको मादलको तालमा लयबद्ध बनाउँदै गाउँदै होलीको रङसँग रमाउँदै गाइने फागु गीतलाई जिवन्त दिन थालिएको हो ।

बागलुङका नेवार समुदायका युवायुवातीहरु फागु गित संरक्षणमा जुटेका छन् । उनिहरु संरक्षण गरेको यही ऐतिहासिक फागु गीतले पछिल्ला पुस्ताका युवायुवतीदेखि बुढाबुढीसम्मको ध्यान तान्दै आएको छ । बागलुङको पुरानो चोक नारायणचोमा प्रत्यक वर्ष फागु पुर्णिमाको दिन घन्कने ‘फागु गित’ले फागुमा झुमिएरहेका युवाहरुलाई समेत आर्कर्षित गरिरहेको हुन्छ । मादल र झ्याली बजाउँदै पुराना पुस्ताहरू फागु भट्टाउछन् भने नयाँ पुस्ता फागु गीत छोप्दै गाउने कार्यले नारायणचोक प्रत्यक वर्ष रङ्गिने गरेको छ ।

बागलुङको नारायणचोकमा नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली बनाउनमा नेपाल भाष मंकाः खलले अग्रसरता लिदै आएको छ ।

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु अर्थात् होली खेलिन्छ । होलीमा नेवार मात्र होइन अन्य समुदायका व्यक्तिको पनि उपस्थिति रहन थालेको छ ।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाउन नेपाल भाष कंका खलले फागु पर्व मनाउने कार्यलाई दिनरन्तरता दिइएको नेपाल भाष मंकाःखलःका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिनुभयो ।

पाकादेखि युवासम्मका पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा बागलुङ बजारमा फागुको छुट्टै रौनकता देखिदै आएको छ । पछिल्ला वर्षमा फागु गीत सुन्न र नाच हेर्नका लागि युवायुवतीको भिड लाग्दै आएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंका खल’को आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत वर्षेनी गाइदै आएको राजभण्डारीले बताउनुभयो ।

“यो गफागु गीत लिपिबद्ध गरिएको छ, पहिला कापीको पन्नामा भेटिएको फागु गीत लिपिबद्ध गरेर गाइदै आइएको छ, पाका पुराना पुस्ताले मौखिक रुपमा गाइने उक्त गीत हराउने देखेपपछि लिपिबद्ध गरेर सुरक्षित गरिएको छ” राजभण्डारीले भन्नुभयो “होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो ‘फागु’ गीत नारयणकोचमा वर्षेनी घन्किदै आएको छ ।”

आजको होलीलाई विशेष बनाउनका लागि मंका खलले पुर्व तयारी गरिरहेको छ । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध रहेको राजभण्डारीको भनाइ छ ।
“फागु गीतमा बली राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ फागुको राग लिन्छौँ, गाउँछौँ, भनेर भनिएको छ” मंका खल बागलुङका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भन्नुभयो “महिला–पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका माया–पिरतीलगायतका भाव गीतमा समावेश गरिएको छ ।”

मनको भावनालाई वसन्त राग शैलीमा रङ्याउने गीत नै फागु गीत भएको उहाँको भनाई छ । केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति यहाँको नेवार समुदाय चिन्तित भएपछि फागु पर्व संरक्षणमा लागिएको हो ।

नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत संरक्षण संगै फागु पर्वले निरन्तरता पाइरहेको छ ।

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा यहाँका पाका पुराना देखी युवायुवती आश्चर्यमा पर्ने गरेका छन् । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।

पछिल्लो समयमा फागु पर्वमा अन्य समुदायलाई समेत समावेश गरिदै आइएको छ । मंका खलले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणका लागि जोड दिएको छ ।

यो पनि पढ्नुहोस्