भकुण्डे पुग्ने सडकको रिठेखोलामा पक्की पुल निर्माण


खेमराज गौतम, बागलुङ

पर्यटकीय गाउँ भकुण्डे जाने सडकको रिठेखोलामाथी पक्की पुल निर्माण गरिएको छ । रु. दुई करोड लागतमा संघीय सरकारको ससर्त अनुदानमा बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामाथी मोटरेवल(पक्की) पुल निर्माण सम्पन्न गरेको हो ।

संघीय सरकारले शसर्त अनुदानमा नगरपालिकालाई प्रदान गरेको बजेटले रिठेखोलामाथी रिठेखोला–सिमलपाटा–आरुपाटा मोटरेवल पुल निर्माण भएको बागलुङ नगरपालिकाले जनाएको छ । भकुण्डे हुँदै रायडाँडा पुग्ने छोटो बाटोको रुपमा रहेको उक्त सडकमा पक्की पुल बनेपछि स्थानीय र पर्यटकीय गाउँ पुग्ने पर्यटकलाई सहज हुने भएको छ ।

रु. एक करोड ९९ लाखमा निर्माण गरिएको उक्त पुलका कारण १२ महिना सडकमा सवारी गुड्ने भएका छन् । पुल तर्दासाथ बागलुङ नगरपालिकाको पर्यटकीय गन्तव्य बराहताल पुग्न सकिन्छ ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरु समेत भकुण्डे पुग्दै आएका छन् । भकुण्डे पुग्ने सडक स्तरोन्नती नहुँदा र रिठेखोलामा पुल नबन्दा यात्रु र पर्यटक दुबैलाई असहज हुँदै आएकोमा पुल बनेपछि सहज बनेको स्थानीय तथा संविधानसभा सदस्य नर बहादुर थापाले बताउनुभयो ।

उहाँले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नती हुँन नसकेको बताउनुभयो ।
“भकुण्डे नगरपालिकाले पर्यटकीय गाउँका रुपमा विकास गर्न खोजेपनि सडक स्तरोन्नती हुँन सकेको छैन, पुल निर्माण सम्पन्न भएको छ, अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतीमा जानु पर्दछ” जिल्लाको पहिलो घरबास भएको उक्त भकुण्डे गाउँमा विदेशी पर्यटकहरु समेत आइरहेको सन्दर्भमा सडकले भने समस्या बनाइरहेको छ ।” रिठेखोलमा निर्माण गरिएको पक्की मोटरेवल पुल कान्तिपथ कन्ट्रक्सनले २०७८ असारमा दुई वर्षमा सक्ने सम्झौता रेपनि ८ महिना ढिलोगरी पुल निर्माण गरेको हो ।

निर्माण कम्पनीले समयमै पुल नसक्दा एक पटक म्याद थप गरेपछि पुल निर्माण सम्पन्न भएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो ।

पुल २५.८ लम्बाई तथा ६.६ मिटर चौडाई रहेको र पुल निर्माण सम्पन्न भएपनि पुल संरक्षणको काम भने चलिरहेको घर्तीको भनाई रहेको छ । पुल संरक्षणका लागि आवश्यक ग्याविकन जालीहरु राख्नेकाम भइरहेको घर्तीको भनाई छ । कान्तिपथ कन्ट्रक्सनले २०७८ असारमा सम्झौता गरेपनि समयमै काम नसक्दा एक पटक म्याद थप गरेपनि निर्माण सम्पन्न भएको हो ।

पुल निर्माणले भकुण्डे र रायडाँडा पुग्ने यातयातका साधनहरु बाह्रैमास सञ्चालनमा आउनेछन् । नगरपालिकाले पुलको आवश्यकताको हिसावले भकुण्डे जाने सडकमा पक्की पुल पहिलो प्राथमिकतामा परेपछि नगरपालिकाले ठेक्का लगाएर पुल मिर्नाण सम्पन्न गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *