बेनी देखि घोडेपानी जाँदै गरेको बस दुर्घटना, ३१ घाइते [ नामावली सहित]


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी सदरमुकाम बेनी देखि अन्नपुर्ण गाउँपालिका–६ घोडेपानी जानका लागि छुटेको बस दुर्घटना हुँदा चालक सहित ३१ जना घाइते भएका छन् ।

ग १ ख ५६५५ नम्बरको बस बेनी बजार देखि एक किलोमिटर अगाडी पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी)ले भरत श्रेष्ठले बताउनुभयो । गाडी एक्कासी गएर सडकको भित्तामा ठोकीएको देखिएको भए पनि दुर्घटनाको अन्य कारण खुल्न नसकेको उहाँले बताउनुभयो । बसका चालक बेनी नगरपालिका ६ डम्बराका ३१ वर्षिया अधिकार सापकोटा सहित ३१ जना घाइते भएको उहाँले बताउनुभयो ।

घाइते हुनेमा मालिका गाउँपालिका ६ का ८ वर्षिय लिगन रोका, २९ वर्षिया कामना रोका, धवलागिरी गाउँपालिका ५ का ४८ वर्षिया झग छन्त्याल, जलजला गाउँपालिका ३ पर्वतका ६ वर्षिय अन्जु जिसी, धवलागिरी गाउँपालिका ५ का ३२ वर्षिय पूर्ण गर्बुजा, मलिका गाउँपालिका ६ का २२ वर्षका सोनी जुग्जाली घाइते हुनुभएको छ । त्यसैगरी बेनी नगरपालिका ७ का ५० वर्षिया दुर्गा घर्ती, मंगला गाउँपालिका ५ का ८ वर्षिया शिवन्या फगामी, धवलागिरी गाउँपालिका ४ का ३० वर्षिया सुनिता पुन, १० वर्षिय दगिन पुन ८ वर्षिया सुहानी पुन, बेनी नगरपालिका ९ का २५ वर्षिया सुमन बानियाँ, ९ वर्षिया सुवन खड्का घाइते हुनुभएको बेनी अस्पतालले जनाएको छ ।

वेनी ७ का ७ वर्षिय सामिल रोका, ५५ वर्षिया नरमायाँ रोका, मंगला गाउँपालिका ५ का ३० वर्षिया इमादवी फगामी, भिमान नगरपालिका ६ तनहुँका ३६ वर्षिया केशरमायाँ रोका, ८ वर्षिया कन्चन राना, ५ वर्षिया किशल राना, धवलागिरी गाउँपालिका ६ का ३० वर्षिया शिरमायाँ जुग्जाली दुर्घटनामा घाइते हुनुभएको हो । जलजला गाउँपालिका २ का ५० वर्षिया धनमायाँ पुन, मंगला गाउँपालिका ५ का ३३ वर्षिया अमृता पुन, बेनी नगरपालिका ७ का ३१ वर्षिय चालक अधिकार सापकोटा, ४० वर्षिया लालमायाँ पुर्जा, १५ वर्षिया आशिका पुर्जा, बेनी नगरपालिका २ का ३१ वर्षिया पूर्णिमा थापा, बेनी७ का ३१ वर्षिया रेनु गर्बुजा, ४ वर्षिया नोरा पाइजा, मालिका गाउँपालिका ६ का ३० वर्षिया पूर्णिमा रोका र ७ वर्षिया अनुसा रोका घाइते भएको बेनी अस्पतालको सुचना अधिकारी खेमकुमारी पन्तले जानकारी दिनुभएको छ ।

घाइतेहरु मध्ये शिरमायाा जुगजाली, धनमायाा पुन, अधिकार सापकोटा, कामना रोका, झग छन्त्याल, शिवन्या फगामी, सामिल रोका र नरमायाँ रोकालाई थप उपचारकालागि पोखरा रिफर गरीएको बेनी अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । बेनी अस्पतालले दिएको जानकारी अनुसार ७ जना पुरुष र २४ जना महिला गरी ३१ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ८ जनाको अन्य अस्पतालमा रिफर गरिएको छ भने १२ जना उपचार पछि घर फर्कि सकेका र ११ जनाको बेनी अस्पतालमा उपचार भै रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *