एमाले बागलुङको जिल्ला अधिवेशन उद्घाटन, काम गर्नेलाई अगाडी बढाउनुहोस : पौडेल


आदर्श अनलाइन, बागलङ
नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन शुरु भएको छ । बागलुङ बजारको जोजोलोपा पार्टी प्यालेसमा भएको उद्घाटन सत्रमा एमालेका केन्द्र, प्रदेश, जिल्ला र पालिकाका नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागीता रहेको छ ।

बिहीबार देखि हुरु भएको अधिवेशनका उद्घाटन सत्रमा एमालेका नेता कार्यकर्तामा उत्साह छाएको देखिएको छ । जिल्ला अधिवेशनका लागि चुनिएर आएका ६३७ प्रतिनिधि अहिले बागलुङ बजारमा छन् । जिल्ला अधिवेशनको अधिवेशन नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेलले गर्नुभएको छ । उद्घाटनपछि बोल्दै एमालेका उपाध्यक्ष पौडेलले काम गर्नेलाई पार्टीमा अगाढी बढाउन नेता कार्यकर्तामा आग्रह गर्नुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पार्टीमा भाषण भन्दा काममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गृहमन्त्रीको बिषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बन्छ भन्नु भ्रम मात्रै भएको बताउनुभयो ।

वर्तमान सरकार गिराउनकै लागि प्रतिपक्षले संसदलाईसमय बर्बाद गरेर अनुचित माग गरिरहेको पौडेको आरोप छ । “अधिवेशनले थप उर्जा भर्ने देखिएको छ, संविधानको असल कार्यान्वयन र विकासका लागि एमाले खोजेको छ, अहिले कांग्रेसले प्रतिपक्षमा बस्नका लागि आनाकानी गरेको छ” पौडेलले भन्नुभयो “सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण बिगार्नका लागि मात्रै यो माग गरिरहेको छ, संसदको समय दुरुपयोगको काम मात्रैमा कांग्रेस तल्लिन भयो ।”

वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै पौडेलले अहिलेको समिकरण बिगार्न लागेकाहरु प्रति एमाले सचेत रहेको बताउनुभयो ।
एमालेमा हार्ने छुट छैन : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताउनुभएको छ । नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य समेत रहनुभएका मुख्यमन्त्री अधिकारीले गण्डकी सरकार मध्यवधीमा नजाने धारणा व्यक्त गर्नुभयो ।

उहाँले गण्डकी सरकारलाई मध्यवधीमा पु¥याउन केही दल लागि परेको शंकेत गर्दै मुख्यमन्त्री अधिकारीले गण्डकी सरकार मध्यवधीमा जान नहुने बताउनुभयो । “राजनीतिमा घच्च पच्च हुन्छ, केही राम्रा कामको शुरवात गर्दै गर्दा मुख्यमन्त्री गयो, अहिले फेरी मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै नेतृत्वमा गण्डकी सरकार चल्नेछ, मध्यवधीमा जान दिदैनौं, गइहाले निर्वाचनबाट एकल बहुमत लिएर आउछौं” मुख्यमन्त्री अधिकारीले भन्नुभयो “मध्यवधीमा जान नुहने हाम्रो धारण छ गइहाले साथीहरुले पानी खान पाउदैनन्, जनताले एकल बहुमत एमालेलाई दिएर पठाउछन्, तपाइहरु ढुक्क हुनुहोस् अबको गण्डकी प्रदेश सरकारको कार्यकाल एमालेकै नै नेतृत्व हुन्छ ।”

गण्डकी प्रदेश सरकारले संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्को नेतृत्वमा निर्माण गरेको पहिलो पञ्चवर्षीय योजनाको केही राम्रा कामलाई गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा राखेर कार्यान्वयनमा लैजान थालेको उहाँको भनाई छ ।

अहिले देशमा सामाजिक र राजनैतिक अराजकता बढेको बताउदै मुख्यमन्त्री अधिकारीले देशलाई नयाँ गति दिनका लागि नयाँ समिकरण निर्माण गरेको बताउनुभयो । एमालेले आगमी चुनावलाई मिसनका रुपमा लिएको बातउदै एमालेको पक्षमा जनलहर आइरहेको बातउनुभयो । उहाले आगमी २०८४ सालमा एमालेको बहुमत आएपनि विचार मिल्ने राजनैतिक दलसंग सहकार्य गरेर अगाढी बढ्ने धारणा व्यक्त गर्नुभयो ।
एमाले २४ क्यारेटको सुन हो
नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ नेकपा एमाले २४ क्यारेटको सुन रहेको बताउनुभएको छ । अधिवेशनमा सम्बोधन गर्दै उहाँले एमाले बागलुङ सगरमाथा चढ्न ठिक्क परेको बताउनुभयो । उहाँले चौथो क्याम्पमा रहेको एमाले बागलुङ आगमी चुनावमा सगरमाथामा पुग्ने बताउनुभयो । उहाँले एमाले निर्णायक शक्तिको रुपमा रहन चाहेको बताउनुभयो । उहाँले अन्य बामपन्थीदललाई संगै लैजान एमाले अगुवा बनेर हिडेको बताउनुभयो ।



यस्तै नेकपा एमालेका सचिव गोकर्ण विष्ठले अहिलेको विशिष्ट समयमा एमाले नयाँ समिकरणमा गएको बताउनुभएको थियो कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य एवंम् बागलुङ इन्चार्ज जगत विश्वकर्मा, संघीय सांसद देवि प्रकाश भट्टचन, नेकपा माओवादी केन्द्र बागलुङका संयोजक राजिव घिमिरे लगायतले बोल्नभएको थियो ।

कार्यक्रम नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुनको स्वागत र सचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *