एमाले बागलुङको नेतृत्वमा केसीको उम्मेदवारी कायम, गौतमको फिर्ता


आदर्श अनलाइन, बागलुङ
एमाले बागलुङको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष हिरा बहादुर केसी र पूर्व गण्डकी प्रदेश सदस्य हरिनारायण गौतमको उम्मेदवारी परेको छ । उम्मेदवारी दुईजनाको परेपनि गौतमले उम्मेदवारी फिर्ता गर्ने समय भित्रै उम्मेदवारी झिकेपछि हिरा केसीको मात्रै एकल उम्मेदवारी कायम भएको छ ।

गौतमले उम्मेदवारी कायम नरहेको निर्वाचन कमिटिलाई जानकारी गराएकाले एकल उम्मेदवारी कायम भएको निर्वाचन संयोजक डिल्लिराज गौतमले बताउनुभयो ।

यस्तै उपाध्यक्षमा विष्णु भुषालको एकल उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।

यस्तै एमालेको उप–सचिवमा करमती पुन र धन बहादुर परियारको उम्मेदवारी परेको छ ।
एमालेले सदस्य टुङ्गाउन लागेको सचिव विष्णु भुषलले जानकारी दिनुभयो । उहाँले पदाधीकारीमा सर्वसहमतीको प्रयास अन्तिम चरणमा पुगेको भुषालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *